करूर भागदौड प्रकरण : अभिनेता तथा राजनीतिज्ञ विजयलाई सीबीआईले काट्यो पत्र
सारांश
- सीबीआईले अभिनेता विजय थलापतिलाई सोधपुछका लागि बोलाएको छ, गत वर्षको र्यालीमा भएको भागदौडको सम्बन्धमा।
- करूर जिल्लामा भएको भागदौडमा ४१ जनाको मृत्यु भएको थियो र ६० भन्दा बढी घाइते भएका थिए।
- विजयले आफ्नो पार्टीको र्यालीमा भएको घटनापछि राजनीतिमा पूर्णकालीन समय दिने घोषणा गरेका छन्।
हैदराबाद । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता तथा राजनीतिज्ञ विजय थलापतिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले सोधपुछका लागि बोलाएको छ।
गत वर्ष सेप्टेम्बर २७ मा करूर जिल्लामा उनको पार्टी तमिलगा वेट्री कजगम (टीभीके) को र्यालीका क्रममा भएको भागदौडको विषयमा अनुसन्धान गर्न सीबीआईले उनलाई आगामी जनवरी १२ मा उपस्थित हुन पुर्जी जारी गरेको हो । सर्वोच्च अदालतको आदेशपछि विशेष अनुसन्धान टोली (एसआईटी) बाट यो केसको जिम्मेवारी लिएको सीबीआईले अहिले प्रमाणहरू सङ्कलन गरिरहेको छ ।
उक्त दुःखद घटनामा एक ९ वर्षीया बालिका हराएपछि विजयले मञ्चबाटै उनलाई खोज्न प्रहरी र आफ्ना कार्यकर्तालाई अपील गरेका थिए। त्यसलगत्तै भिडमा भागदौड मच्चिँदा ४१ जनाको ज्यान गएको थियो भने ६० भन्दा बढी घाइते भएका थिए ।
र्यालीका लागि १० हजार मानिसको अनुमति लिइएको भए पनि त्यहाँ करिब १ लाख २० हजारको हाराहारीमा समर्थकहरू ओइरिएका थिए। अत्यधिक भिडका कारण धेरैलाई श्वास फेर्न गाह्रो भएको र कतिपय बेहोस समेत भएका थिए।
सीबीआईले यसअघि नै विजयको पार्टीका कयौँ पदाधिकारीहरूसँग सोधपुछ गरिसकेको छ। एजेन्सीले विजयको बयान लिएपछि यस मामिलामा चार्जसिट दायर गर्ने तयारी गरेको बुझिएको छ।
गत वर्ष फेब्रुअरी २ मा आफ्नो राजनीतिक दल घोषणा गरेका विजयले अगस्टमा पार्टीको झण्डा र चुनाव चिह्न सार्वजनिक गरेका थिए। निर्वाचन आयोगले सेप्टेम्बर ८ मा उनको दललाई आधिकारिक मान्यता दिएको थियो।
राजनीतिमा पूर्णकालीन समय दिने उद्देश्यले विजयले अभिनय यात्राबाट संन्यास लिने घोषणा समेत गरिसकेका छन्। डिसेम्बर २९ मा आफ्नो फिल्म ‘जन नायकन’ को अडियो सार्वजनिक गर्ने कार्यक्रममा उनले अब जनताको सेवामा मात्र समर्पित हुने बताएका थिए।
सन् २०२६ अप्रिलमा रिलिज हुने तयारीमा रहेको ‘जन नायकन’ उनको करियरको अन्तिम फिल्म हुने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण