चीनद्वारा राष्ट्रसंघीय सुरक्षा परिषद्मा भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको निन्दा
सारांश
- चीनले भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको कडा शब्दमा भर्त्सना गरेको छ।
- संयुक्त राष्ट्रसंघको बैठकमा चिनियाँ प्रतिनिधिले अमेरिकी कदमलाई एकतर्फी, अवैध र बलमिच्याइँपूर्ण भने।
- चीनले कुनै पनि देशको सार्वभौमिकताको सम्मान हुनुपर्ने र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्नेमा जोड दिएको छ।
न्युयोर्क । चीनले भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको कडा शब्दमा भर्त्सना गरेको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा बोल्दै चिनियाँ प्रतिनिधिले अमेरिकी कदमलाई एकतर्फी, अवैध र बलमिच्याइँपूर्ण भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। भेनेजुएलामा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न सोमबार आयोजित बैठकमा चिनियाँ दूतले अमेरिकाको यो कदमले अन्तर्राष्ट्रिय मर्यादा मिचेको बताएका हुन्।
संयुक्त राष्ट्रसंघका लागि चीनको स्थायी नियोगका कार्यवाहक प्रमुख सुन लेईले अमेरिकाको यस्तो कार्यबाट चीन स्तब्ध भएको उल्लेख गरेका छन्। उनले कुनै पनि देशको सार्वभौमिकताको सम्मान हुनुपर्ने र अन्तर्राष्ट्रिय कानुनको पालना गरिनुपर्नेमा चीन सधैँ अडिग रहेको स्पष्ट पारेका छन्। चीनले अमेरिकाको यस सैन्य हस्तक्षेपलाई शक्ति प्रदर्शन र दादागिरीको संज्ञा दिएको छ।
बैठकका क्रममा चिनियाँ प्रतिनिधि लेईले विदेशी हस्तक्षेपले कुनै पनि मुलुकको समस्या समाधान नगर्ने बरु स्थिति अझ तनावपूर्ण बनाउने धारणा राखेका छन्। चीनले सधैँ अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको वकालत गर्दै आएको र अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणले विश्व शान्ति र स्थिरतामा आँच पुर्याएको दाबी गरेको छ। सुरक्षा परिषद्को यस बैठकमा अमेरिकी कदमलाई लिएर अन्य सदस्य राष्ट्रहरूबिच पनि बहस भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण