नेपालले आयोजना गर्ने महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको तालिका सार्वजनिक
काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकपका लागि ग्लोबल क्वालिफायरको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघका अनुसार आगामी १८ जनवरीदेखि १ फेब्रुअरीसम्म नेपालमा यो महत्त्वपूर्ण प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिताका खेलहरू काठमाडौँको त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा आयोजना गरिनेछन्। यस क्वालिफायरमा नेपालसहित थाइल्यान्ड, अमेरिका, बंगलादेश, जिम्बाब्वे, नेदरल्याण्ड्स, आयरल्याण्ड, पपुवा न्युगिनी, स्कटल्याण्ड र नामिबिया गरी १० टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको आयोजक राष्ट्र नेपालले जनवरी १८मा विरुद्ध थाइल्यान्ड, जनवरी २२मा नेदरल्याण्ड्स, जनवरी २४मा जिम्बाब्वे र जनवरी २६ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
तालिका अनुसार समूह चरणका खेलहरू जनवरी २६ सम्म चल्नेछन्। त्यसपछि जनवरी २८ देखि क्वालिफायर चरणका खेलहरू सुरु हुनेछन्। प्रतियोगिताको फाइनल खेल भने १ फेब्रुअरीमा हुने तय गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण