पार्टीलाई एकताबद्ध राख्ने पहल गर्न देउवालाई शेखर र मिनेन्द्रको आग्रह
सारांश
- डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजालले पार्टीलाई एक ढिक्का राख्न सभापति देउवालाई आग्रह गरे।
- नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन पहल गर्न सुझाव दिएका थिए।
- कांग्रेसमा महामन्त्रीहरूले विशेष महाधिवेशनको आह्वान गरेका छन्, तर केन्द्रीय कार्यालयले यसको औचित्य नभएको जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेताद्वय डा.शेखर कोइराला र डा.मिनेन्द्र रिजालले पार्टीलाई एक ढिक्का राख्ने पहल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बिहीबार बिहान देउवा निवास बुढानीलकण्ठमा पुगेर नेताद्वय डा.कोइराला र रिजालले पार्टीलाई एक ढिक्का राख्ने पहल गर्न आग्रह गरेका हुन् ।
भेटमा सहभागी डा.रिजालले पार्टी एकताबद्ध रहोस्, त्यसका लागि पहल गर्नुस् भन्ने सुझाव आफूहरूले सभापतिलाई दिएको जानकारी दिए । ‘पार्टी एकताबद्ध रहोस् भन्ने हो, हामीले सभापतिलाई त्यही भन्यौँ,’ डा.रिजालले रातोपाटीसँग भने– ‘सभापतिलाई यो भन्दै गर्दा विशेष महाधिवेशन पक्षधरले पनि गज्जब काम गर्नुभएको छ भन्ने होइन ।’
डा.रिजालले आफूहरू कसैको पक्षपोषणमा नरहेको पनि बताए । कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् । केन्द्रीय कार्यालयले नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य सकिएको बताएको छ ।
दुवै पक्ष आ–आफ्नो अडानमा रहेका बेलामा नेताद्वय डा.कोइराला र रिजालले पार्टी एकताबद्ध राख्ने पहलकदमी लिन देउवालाई सुझाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण