‘शिवांश’ फागुन १ गतेबाट प्रदर्शन हुने
सारांश
- चलचित्र 'शिवांश' फागुन १ गते प्रदर्शन हुने भएको छ, जसको टिजर सार्वजनिक गरिएको छ।
- टिजरमा मुख्य कलाकार प्रवीण खतिवडा सन्तको भूमिकामा देखिएका छन् र कथा सस्पेन्समा राखिएको छ।
- अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन्।
काठमाडौँ । चलचित्र ‘शिवांश’ आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको हो ।
‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजर छोटो मिठो छ । टिजरमा चलचित्रका मुख्य कलाकार प्रवीण खतिवडा छन् । उनी सन्तको भूमिकामा देखिएका छन् । उनले हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेपछि टिजर सकिन्छ । टिजरले चलचित्र प्रति कौतुहतता पैदा गर्छ ।
चलचित्रको कथाको बिषयमा निर्माणपक्षले हालसम्म केही पनि जानकारी दिएको छैन । टिजरमा पनि कथा सस्पेन्स नै छ । महाशिवरात्रिको अवसर पारेर चलचित्र प्रदर्शन हुनेछ ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेयले गरेका हुन् । उनको निर्देशनमा डेब्यु चलचित्र हो ।
अञ्जान केसी निर्माता रहेको चलचित्रमा प्रवीणको अलवा तेज गिरी, रुषा न्यौपाने मुख्य भूमिका छ । चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला, बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय छ ।
चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी रहेको चलचित्रमा संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ । चलचित्रका कार्यकारी निर्माता शम्भु थापा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण