मलाई अन्तर्राष्ट्रिय कानुन चाहिँदैन: ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय कानुनको अस्तित्व अस्वीकार गर्दै भेनेजुएलामाथि थप सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।
- ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अपहरण गरी मुद्दा चलाउन अमेरिका ल्याएपछि आक्रामक नीति लिएका छन्।
- ट्रम्पले आफ्नो विदेश नीतिमा अमेरिकी सेनाको बल प्रयोग गर्ने इच्छा देखाएका छन्, जसलाई लिएर आलोचना भइरहेको छ।
वासिङ्टन डीसी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गरेर मुद्दा चलाउन अमेरिका लगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झनै आक्रामक बनेका छन् । उनले एकपछि अर्को गर्दै देशहरूलाई चेतावनी दिइरहेका छन् ।
ट्रम्पको आक्रामक रवैयामाथि अन्तर्राष्ट्रिय कानुन किन नलागेको भन्ने प्रश्नहरू उठिरहँदा ट्रम्पले अन्तर्राष्ट्रिय कानुनको अस्तित्व नै अस्वीकार गरेका छन् । आफ्नो नैतिकताले मात्रै आफूले विश्वभर पूरा गर्न खोजेको आक्रामक नीतिमा अंकुश लगाउने बिहीबार न्यूयोर्क टाइम्सलाई ट्रम्ले भनेका छन् ।
‘मलाई अन्तर्राष्ट्रिय कानुन चाहिँदैन । मैले मान्छेलाई हानी पुर्याउन खोजेको छैन,’ उनले भने । ‘उनले अन्तर्राष्ट्रिय कानुनको पालना गर्नु पर्छ कि पर्दैन ?’ भनेर सोधिएको प्रश्नमा ट्रम्पले ‘अन्तर्राष्ट्रिय कानुनको तिम्रो परिभाषा के हो भन्नेमा भर पर्छ’ भन्ने जवाफ दिएका थिए । आफ्नो विदेश नीतिका लक्ष्य हासिल गर्न ट्रम्पले अमेरिकी सेनाको क्रुरतम् बल प्रयोग गर्ने इच्छा देखाएका छन् । गएको शनिबार बिहानै अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरेको थियो । राजधानी काराकसका कयौँ स्थान र भेनेजुएली सैन्य शिविरमा विस्फोटको आवाज सुनिएका थिए ।
काराकसमा रहेको भित्रै छिरेर मदुरोलाई अपहरणको शैलीमा पक्रिनुलाई आलोचकहरूले संयुक्त राष्ट्र संघको वडापत्रको सिधै उल्लङ्घन भनेका छन् । आक्रमण गर्ने बित्तिकै ट्रम्पले अमेरिकाले भेनेजुएला र त्यहाँको विशाल तेल चलाउने भनेका थिए । भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डोल्सी रोद्रिगेजसँग सहकार्य गर्ने बताएपनि ट्रम्प प्रशासनले अन्तरिम सरकारसामु अनेकौँ सर्त तेर्साएको छ । यी सर्त नमानेमा अमेरिकाले भेनेजुएलामाथि अर्को सैन्य कारबाही गर्ने चेतावनी ट्रम्पले बारम्बार दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण