टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित
चौतारा । यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलाको सुन्तला कीरा लागेर बोटबाटै झर्न थालेपछि चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे कीरा र पतेरो लागेपछि किसान चिन्तित बनेका हुन् ।
विगतमा लाखौँको आम्दानी दिलाउने सुन्तलाखेती अहिले रोग र कीराको प्रकोपका कारण नष्ट हुँदै गएको स्थानीय किसान भोजबहादुर कार्कीले बताए । फल झर्ने, कीरा प्रकोप र रोगले गर्दा अहिले बजारसम्म ल्याउन मुस्किल भइरहेको उनको गुनासो छ ।
लामिडाँडाकै अर्का किसान कृष्णबहादुर कार्कीले पनि सुन्तला बेचेर केही वर्षअघिसम्म लाखौँ आम्दानी गर्नुभएको थियो । तर हालै उहाँको बगैँचामा पनि सुन्तलाको बोटमा रोग र सङ्क्रमणका कारण ठूलो क्षति पुगेको छ ।
लामिडाँडामा सुरुमा तीन घरले सुन्तला रोप्ने अभियान थालेका थिए । हाल हरेकजसो घरमा १५ देखि ५० बोटसम्म सुन्तला छन् । तर सबै किसानले लगाएको सुन्तलामा उस्तै समस्या छ । मौसमी प्रकोपबाट सुरु भएको क्षति अहिले ‘कीरा–रोग’ को ठूलो महामारी बनेको छ । असिनाले फूल नष्ट गर्नेदेखि वर्षात्ले असर पारेको छ भने पहिले जस्तो पानी नपर्ने र परिहालेमा ठूलो पर्ने समस्या छ । यो बदलिँदो मौसमले उत्पादनमा नकारात्मक प्रभाव परेको स्थानीय किसान धनबहादुर तामाङ बताउछन् ।
जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका कृषि अधिकृत सुयोग भण्डारी रोगकीराले सङ्क्रमित फल माटोमै सड्न नदिने गरी खाल्डो खनेर गाड्नुपर्ने बताउछन् । झरेका फलका लार्भा माटोभित्र गइ अर्को वर्ष झनै ठूलो प्रकोप ल्याउनसक्ने भएकाले लार्भालाई माटोमै सड्न दिन नहुने उनले बताए । रोग र कीराको प्रकोप नियन्त्रण गर्न समय लाग्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण