‘विशेष महाधिवेशन’ मा सहभागी नहुन कर्णालीका १० जिल्ला सभापतिहरूको अपिल
सारांश
- कर्णाली प्रदेशका १० जिल्ला सभापतिहरूले विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।
- पार्टी विधान र पद्धती विपरीत हुने गतिविधिमा संलग्न नहुन नेता तथा कार्यकर्तालाई अपील गरेका छन्।
- विशेष महाधिवेशनको औचित्य केन्द्रीय कार्यसमितिको निर्णयले समाप्त पारेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौँ । नेपाली कांग्रेसका कर्णाली प्रदेशअन्तर्गतका १० जिल्ला सभापतिहरूले पार्टीको आधिकारिक निर्णयविना आह्वान गरिएको ‘विशेष महाधिवेशन’ मा सहभागी नहुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, मुगु, हुम्ला, रुकुम पश्चिम, डोल्पा, कालिकोट र सल्यानका पार्टी सभापतिहरूले पार्टीको विधान र पद्धति विपरीत हुने गतिविधिमा संलग्न नहुन अपिल गरेका हुन् ।
‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि केन्द्रीय कार्य समितिबाट कार्यतालिका प्रकाशित भई पार्टी अगाडि बढिरहेको वर्तमान अवस्थामा नियमित महाधिवेशनको विकल्पका रूपमा प्रस्तुत गरिएको विशेष महाधिवेशन अब निष्क्रिय भइसकेको छ,’ उनीहरूले संयुक्त विज्ञप्तिमा लेखेका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मिति २०८२ पौष १८ गतेको निर्णयले समेत विशेष महाधिवेशनको औचित्य समाप्त गरिसकेको उल्लेख गर्दै विज्ञप्तिमा कुनै व्यक्ति विशेषको आह्वानमा हुने कार्यक्रमले पार्टी एकतामा क्षति पुर्याउने र मुलुकलाई दुर्घटनातिर लैजाने दाबी विज्ञप्तिमा गरिएको छ ।
‘पार्टी विधिले चल्नुपर्छ, व्यक्तिले होइन,’ उनीहरूले विज्ञप्तिमा लेखेका छन्, ‘घोषित १५ औँ महाधिवेशन र आगामी आम निर्वाचनलाई सफल बनाउनु नै अहिलेको मुख्य कार्यभार हो । तसर्थ, आधिकारिक निर्णय विनाको विशेष महाधिवेशनमा सहभागी नहुन महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका साथीहरूलाई हार्दिक अपिल गर्दछौँ ।’
विज्ञप्तिमा सुर्खेत सभापति खड्गबहादुर पोखरेल, दैलेख सभापति मणिराम रेग्मी, जाजरकोट सभापति बेदराज सिंह, जुम्ला सभापति कर्णबहादुर शाही, मुगु सभापति ऐनबहादुर शाही, हुम्ला सभापति मोहनविक्रम सिंह, रुकुम पश्चिम सभापति प्रेमप्रकाश ओली, डोल्पा कार्यवाहक सभापति लवकुमार शाही, कालिकोट सभापति अम्बबहादुर शाही र सल्यान उपसभापति सन्तोष केसीले हस्ताक्षर गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण