सवारी दुर्घटनाका पीडितका लागि रक्तदान
सारांश
- काठमाडौँ ट्राफिक प्रहरीले दुर्घटनाका पीडितलाई सहयोग गर्न रक्तदान कार्यक्रम आयोजना गर्यो ।
- कार्यक्रममा ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणको सहभागिता रहेको थियो ।
- प्रहरीले नागरिकलाई भगवान मानेर सेवा गर्ने बताए ।
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सवारी दुर्घटनाका पीडितको सहयोगार्थ आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२’ को पूर्वसन्ध्यामा शुक्रबार आयोजित उक्त कार्यक्रममा १३९ जनाले रक्तदान गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी बल, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रमको उद्घाटन गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पहिलो रक्तदान गरेका थिए । उनले ट्राफिक सप्ताह–२०८२ को पूर्वसन्ध्यामा आयोजना गरिएको यो कार्यक्रमले ट्राफिक प्रहरीको सामाजिक उत्तरदायित्व र मानवताप्रतिको संवेदनशीलता उजागर गरेको बताए ।
उनले भने, “गत भदौ २३ र २४ को आन्दोलनपछि हामीसँग लगाउने लुगादेखि कार्यालयसम्म केही बाँकी रहेन । एकसरो लुगा र चप्पलका भरमा पनि हामी सडकमा उत्रिएर नागरिकलाई सेवा दिँदै आयौँ । आज हामीले सडक दुर्घटनाका पीडितलाई रगत दान गर्दैछौँ । नागरिक नै हाम्रा लागि भगवान हुन्, र भगवानको सेवा गर्न हामी कहिल्यै पछि पर्ने छैनौँ ।”
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम बिहान ९ बजेदेखि सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण