अमेरिकाले भेनेजुएलामाथिको थप प्रतिबन्ध फुकाउने
वासिङटन डीसी । भेनेजुएलाको तेल बिक्रीलाई सहज बनाउन अमेरिकाले भेनेजुएलामाथि लगाएको अरू प्रतिबन्ध फुकाउने भएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यस्तो बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । भेनेजुएलामा उनीहरूको पुनः संलग्नताबारे कुराकानी गर्न आगामी हप्ता आफूले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका प्रमुखलाई भेट्न लागेको पनि उनले बताए ।
आईएमएफमा रोक्का भएर बसेको भेनेजुएलाको झन्डै ५ अर्ब डलर बराबरको स्पेश ड्रइङ राइट्स (एसडीएफ)लाई सो देशको अर्थतन्त्रको पुनःनिर्माणमा प्रयोग गर्न सकिने शुक्रबार एउटा अन्तरवार्तामा बेसेन्टले भनेका थिए । भेनेजुएलाको तेल उद्योगमा लगाइएको प्रतिबन्ध फुकाइने बेसेन्टले भने । मन्त्रालयले जहाजमा भन्डार भएर बसेको भेनेजुएली तेल बेचेर आउने पैसा भेनेजुएलालाई फिर्ता गर्ने प्रक्रियालाई के कसरी सहज बनाउन सकिन्छ भनेर जाँचिरहेको पनि बताइएको छ ।
भेनेजुएलामाथिको थप प्रतिबन्ध कहिले फुकाइन्छ भनेर सोधिएको प्रश्नमा बेसेन्टले छिटोमा आगामी हप्ता भन्ने जवाफ दिएका थिए । भेनजुएलालाई स्थिर बनाउन र अमेरिकी तेल कम्पनीहरूलाई त्यहाँ फर्काउन ट्रम्प प्रशासनको प्रयासअन्तर्गत यी कदम चाल्न लागिएको हो ।
जनवरी ३ मा कारकासमाथि आक्रमण गरेर अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिका लगेका थिए । उनीहरूलाई न्युयोर्कमा लागुऔषध र आतंकवादसम्बन्धी मुद्दा लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण