कांग्रेस विशेष महाधिवेशन: नीति र नेतृत्वसहित चार मुख्य विषयमा ९ समूहमा छलफल
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पार्टीको आगामी कार्यदिशा र नेतृत्वबारे छलफल सुरु भएको छ।
- महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रस्ताव पेश भएपछि प्रतिनिधिहरू समूहगत छलफलमा जुटेका छन्।
- छलफलमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधनका विषयहरू समेटिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको विशेषमहाधिवेशनमा पार्टीको आगामी कार्यदिशा र नेतृत्वका विषयमा छलफल सुरु भएको छ। महाधिवेशनको बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रस्तावहरू पेस गरिएसँगै प्रतिनिधिहरू समूहगत छलफलमा जुटेका हुन्।
प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई ९ वटा समूहमा विभाजन गरिएको छ। ती समूहहरूले मुख्य चारवटा विषयमा केन्द्रित रहेर आफ्ना सुझाव र धारणा राख्नेछन्। छलफलका लागि तय गरिएका विषयहरूमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन रहेका छन्।
आज दिउँसोको खानापछिको समूहगत छलफलबाट प्राप्त सुझावहरूलाई महाधिवेशनमा पेस गरिने उनले बताए । संयोजक पोखरेलले महाधिवेशन अझै तीन दिनसम्म लम्बिन सक्ने संकेत गरेका छन्। उनले भने, 'हामीले प्रस्तावहरू पेस गरिसकेका छौँ, अब समूहगत छलफल र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्छ।'
महाधिवेशनको कार्यतालिका अनुसार समूहगत छलफल सकिएपछि उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवारी दर्ता, दाबी विरोध र अन्तमा निर्वाचनको प्रक्रियामार्फत नयाँ नेतृत्व र कार्यविधि पारित गरिने तयारी छ।
संस्थापन पक्षको अनुपस्थिति रहे पनि यो विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण