चीनका लागि जासुसी गरेको अभियोगमा अमेरिकी पूर्वसैनिकलाई १६ वर्ष कैद सजाय
सारांश
- अमेरिकी नौसेनाका पूर्वसैनिक जीनचाओ वेइलाई चिनियाँ गुप्तचरलाई गोप्य सूचना बेचेको अभियोगमा १६ वर्षभन्दा बढी कैद सजाय सुनाइयो।
- वेइले यूएसएस एसेक्स युद्धपोत र त्यसको सञ्चालन प्रणालीसम्बन्धी प्राविधिक कागजातहरू १२ हजार डलरमा बेचेका थिए।
- उनले सामाजिक सञ्जालमार्फत चिनियाँ सरकारी कम्पनीसँग आबद्ध व्यक्तिसँग सम्पर्क गरी जासुसी कार्य स्वीकारेका थिए।
वासिङटन डीसी । अमेरिकी नौसेनाका पूर्वसैनिकलाई चिनियाँ गुप्तचरलाई युद्धपोतसम्बन्धी गोप्य सूचना बेचेको अभियोगमा १६ वर्षभन्दा बढी कैद सजाय सुनाइएको छ ।
क्यालिफोर्नियाको सान डिएगोस्थित संघीय अदालतले सोमबार २५ वर्षीय जीनचाओ वेइलाई २०० महिनाको जेल सजाय सुनाएको हो । अगष्टमा वेइमाथि जासुसी गरेको लगायतका ६ वटा अभियोग लगाइएको थियो ।
यूएसएस एसेक्स नाम गरेको युद्धपोतमा इन्जिनियरका रूपमा काम गरेका वेई जहाज र त्यसको सञ्चालन प्रणालीसम्बन्धी प्राविधिक कागजातहरू बिक्री गरेको अभियोगमा दोषी ठहर भएका थिए । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनले १२ हजार डलरभन्दा बढी पैसा लिएर ती कागजात बेचेका हुन् । वेई दोस्रो श्रेणीका अधिकृत थिए ।
आफूलाई चिनियाँ सरकारी कम्पनीसँग आबद्ध बताउने व्यक्तिले २०२२ सामाजिक सञ्जालमार्फत वेईसँग सम्पर्क बनाएर उनलाई जासुसीको काम दिएका थिए । अदालतमा प्रस्तुत प्रमाणअनुसार वेईले आफैं यस कार्यलाई ‘स्पष्ट जासुसी’ भएको स्विकारेका थिए । वेईलाई एक मित्रले ‘ती व्यक्ति’ अति शंकास्पद रहेको र यो जासुसी हुन सक्ने भनेर चेताएको प्रमाण पनि अदालतमा पेस भएको थियो ।
तर सम्पर्क मेट्न साथीले दिएको सुझाव वेईले मानेनन् । बरु अर्को इन्क्रिप्टेड म्यासेजिङ एपमा कुराकानी गर्न थालेको अभियोजकले बताएका छन् । १८ महिनाको अवधिमा वेईले ती अधिकारीलाई एसेक्सको फोटो र भिडियो पठाएको, यसमा राखिएको प्रतिरक्षात्मक हतियार अनि जलसेनाका अन्य जहाजको ठेगानासमेत दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण