आजदेखि नेपालगञ्जमा घरेलु तथा साना उद्योग महोत्सव
सारांश
- नेपालगञ्जमा घरेलु तथा साना उद्योग महोत्सव सुरु हुँदैछ, माघ १० गतेसम्म चल्नेछ।
- महोत्सवको उद्देश्य स्थानीय उत्पादन प्रवर्द्धन, उद्यमशीलता विकासमा सहयोग गर्नु हो।
- महोत्सवमा सांस्कृतिक कार्यक्रम, प्रदर्शनी र विभिन्न स्टलहरू रहनेछन्।
बाँके । नेपालगञ्जमा आयोजना हुन लागेको घरेलु तथा साना उद्योग महोत्सव–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । घरेलु तथा साना उद्योग प्रवर्द्धन समिति जिल्ला शाखाको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेको सहआयोजनामा आज (बुधबार) देखि सुरु हुने महोत्सव आगामी माघ १० गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै उद्यमशीलता विकास, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक विकासमा टेवा पुर्याउनु रहेको आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत हुनेछन् । चर्चित गायक तथा गायिकासहित स्थानीय प्रतिभाहरूको सहभागितामा विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ ।
महोत्सवस्थलमा व्यापारिक तथा मनोरञ्जनात्मक प्रदर्शनी, हस्तकलाका सामग्री, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, सूचना प्रविधिसम्बन्धी सामग्री तथा विभिन्न स्टलहरू रहनेछन् । करिब १०० भन्दा बढी स्टल राखिने र महोत्सव अवधिभर चार लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका उद्योग, जलस्रोत तथा ऊर्जामन्त्री सरिता चौधरीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी, घोडा दौड, झुला प्रतियोगिता, विविध खेलकुदका गतिविधि तथा मनोरञ्जनात्मक कार्यक्रम गरिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण