म्यादी प्रहरी बन्न युवाको आकर्षण: उपत्यकामा चार दिनमै झण्डै सात हजारको आवेदन
सारांश
- काठमाडौं उपत्यकामा म्यादी प्रहरीको लागि आवेदन दिने युवाहरूको ठूलो उत्साह देखिएको छ।
- काठमाडौं, ललितपुर र भक्तपुरमा ६ हजार ८ सय ५५ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन्।
- आगामी माघ १ गतेसम्म म्यादी प्रहरीको लागि आवेदन दिन सकिनेछ।
काठमाडौँ । आगामी निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरी (निर्वाचन प्रहरी) मा सहभागी हुन काठमाडौँ उपत्यकाका युवाहरू निकै उत्साहित देखिएका छन्। उपत्यकाका तीनवटा जिल्ला प्रहरी परिसरहरूमा आवेदन दिनेहरूको ठुलो भिड लागेको छ, जहाँ छोटो अवधिमै हजारौँले फारम दर्ता गरिसकेका छन्।
काठमाडौँ, ललितपुर र भक्तपुरमा पुस २६ गतेदेखि आवेदन खुल्ला गरिएकोमा चार दिनको अवधिमै कुल ६ हजार ८ सय ५५ जनाले आवेदन दिएका छन्। जिल्ला प्रहरी परिसरका अनुसार मिति २०८२ पुस २९ गतेसम्ममा ४ हजार ८ सय ८० पुरुष, १ हजार ९ सय ७४ महिला र अन्य १ जना गरी उल्लेख्य सङ्ख्यामा नागरिकहरूले निर्वाचन सुरक्षामा खटिने इच्छा देखाउँदै आवेदन बुझाएका हुन्।
प्रहरीले आवेदन दिने समय सीमा आगामी माघ १ गते कार्यालय समयसम्म तोकेको छ। बाँकी रहेको दुई दिनमा आवेदन दिनेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।
स्वयंसेवी रूपमा निर्वाचनको सुरक्षामा खटिन पाउने र छोटो समयको रोजगारी समेत हुने भएकाले शैक्षिक योग्यता पुगेका युवादेखि अवकाश प्राप्त सुरक्षाकर्मीसम्मको यसमा आकर्षण देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण