शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन

नयाँ कांग्रेस विगतका कमजोरी सच्याउँदै सबैलाई समेटेर अघि बढ्छ: उपसभापति शर्मा

बिहीबार, ०१ माघ २०८२, ०१ : ३३
बिहीबार, ०१ माघ २०८२

सारांश

  • विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भए र पार्टीलाई नयाँ ऊर्जा दिने प्रतिबद्धता व्यक्त गरे।
  • शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ स्वरूपमा जनतामाझ जाने बताए, विगतका कमजोरी सुधार्ने प्रतिबद्धता जनाए।
  • उनले पार्टी एकता बलियो बनाउँदै देशलाई समुन्नत राष्ट्र बनाउने सपना बोकेको बताए।

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ ऊर्जा र दृष्टिकोणसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार मध्यराति उपसभापतिमा निर्वाचित भएसँगै बिहीबार बिहान विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस अब नयाँ स्वरूपमा जनतामाझ जाने बताए । उनले विगतमा भएका कमजोरीलाई आत्मसमीक्षा गर्दै सुधारका साथ अघि बढ्ने स्पष्ट पारे ।

शर्माले नयाँ कांग्रेसले आन्तरिक एकता बलियो बनाउँदै सबै नेता, कार्यकर्ता र समर्थकलाई मिलाएर अघि बढ्ने विश्वास व्यक्त गरे । 

देशको भविष्यप्रति आशावादी धारणा राख्दै शर्माले आगामी १०–१५ वर्षमा नेपाललाई समुन्नत र सक्षम राष्ट्रका रूपमा निर्माण गर्न सकिने सपना बोकेर कांग्रेस अघि बढ्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप