नेतृत्व स्पष्ट बनाउँदै कांग्रेसलाई भरोसायुक्त पार्टी बनाउँछौँ: महामन्त्री प्रदीप पौडेल
सारांश
- नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले कांग्रेसलाई अस्पष्ट हुन नदिने बताए ।
- उनले कांग्रेस अब समाधान दिने पार्टी बन्ने र जनविश्वास सिर्जना गर्ने बताए ।
- नयाँ नेतृत्वले सबैलाई समेट्दै अघिल्लो पुस्तालाई सम्मान गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई अब कुनै पनि हालतमा अस्पष्ट हुन नदिइने बताएका छन् । महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार बिहान महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसले अब स्पष्ट दृष्टिकोणका साथ अघि बढ्ने बताएका हुन् ।
महामन्त्री पौडेलले अब कांग्रेस प्रश्न मात्रै उठाउने पार्टी नभई समाधान र उत्तर दिने पार्टीको रूपमा स्थापित हुने दाबी गरे। ‘अब कांग्रेस प्रश्नहरूको पार्टी होइन, उत्तर भएको पार्टी बन्छ,’ उनले भने, ‘नेपाली जनताले भरोसा गर्न सक्ने वातावरण सिर्जना गर्नु नै हाम्रो प्रमुख जिम्मेवारी हो ।’
उनले नयाँ नेतृत्वले जनविश्वास डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्दै पार्टीलाई सबैलाई समेट्ने दिशामा अघि बढाइने बताए । अघिल्लो पुस्ताको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई साथ लिएर सहकार्यको संस्कार विकास गरिने उनको भनाइ थियो।
‘हामी सबैलाई समेटेर, अघिल्लो पुस्तालाई सम्मान गर्दै सँगसँगै अघि बढ्ने स्थिति निर्माण गर्छौँ,’ पौडेलले भने, ‘नेपाली कांग्रेसलाई भरोसायुक्त, उत्तरदायी र जनअपेक्षामा आधारित पार्टीका रूपमा विकास गरिन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण