तरकारीको मूल्य अत्यधिक वृद्धि
सारांश
- उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी तरकारीको मूल्य अत्यधिक वृद्धि भएको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको विवरणले तरकारीको भाउ बढेको देखाएको छ।
- एक महिनाको अवधिमा स्कुसको मूल्य ६०८ प्रतिशतसम्म बढेको छ।
काठमाडौँ । उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी तरकारीको मूल्य अत्यधिक वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको थोक बजारको कारोबार मूल्य विवरणले तरकारीको भाउ अस्वाभाविक रूपमा बढेको देखाएको हो।
एक महिनाको अवधिमा ६०८ प्रतिशतसम्मको वृद्धि देखिएको छ । कालीमाटी थोक बजारमा कारोबार भएको मूल्य विवरणअनुसार स्कुसमा ६०८ प्रतिशतले वृद्धि देखिएको छ । एक महिनाअघि (पुस ३ गते) १२ रुपैयाँ औसत मूल्य पर्ने आज स्कुस ६०८.३३ प्रतिशतले बढेर ८५ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै लोकल बन्दा २१८.१८ प्रतिशतले बढेको छ । एक महिनाअघि लोकल बन्दा प्रतिकिलो २२ रुपैयाँ रहेकोमा आज ७० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, लौकामा १४२ प्रतिशतले बढेको छ । एक महिनाअघि प्रतिकिलो ३५ रुपैयाँ पर्ने लौका आज ८५ रुपैयाँ औसत मूल्यमा कारोबार भएको छ । स्थानीय काउली एक महिनाअघि प्रतिकिलो ३५ रुपैयाँ औसत मूल्य रहेकोमा आज १९२.८६ प्रतिशतले बढेर १०२.५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, घिउ सिमी एक महिनाअघि प्रतिकिलो ४५ रुपैयाँ औसत मूल्य रहेकोमा १८८.८९ प्रतिशतले बढेर १३० रुपैयाँ कायम भएको छ । तिते करेला २०९.०९ प्रतिशतले बढेको छ । एक महिनाअघि प्रतिकिलो ५५ रुपैयाँ औसत मूल्य रहेको तिने करेला १७० रुपैयाँ औसत मूल्यमा कारोबार भएको छ ।
यस्तै ब्रो काउली १७२.२२ प्रतिशत बढेको छ । एक महिनाअघि प्रतिकिलो ४५ रुपैयाँ औसत मूल्य पर्ने ब्रो काउली आज प्रतिकिलो १२२.५० रुपैयाँमा कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण