दैलेख–२ मा पहिलो मत ल्याएका रिजाल पाखा, टिकट पोखरेललाई
आइतबार, ०४ माघ २०८२, ०५ : ५२
सारांश
- नेकपा एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फका अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ।
- दैलेख-२ मा आन्तरिक प्रतिस्पर्धामा पहिलो मत ल्याएका विष्णु रिजाललाई टिकट दिइएन।
- सचिवालय बैठकले क्षेत्रीय कमिटीको सिफारिस उल्ट्याउँदै लक्ष्मी पोखरेललाई उम्मेदवार बनायो।
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले उम्मेदवार चयनको निर्णय गरेको हो ।
उम्मेदवार टुंगो लगाउने क्रममा दैलेख–२ मा आन्तरिक प्रतिस्पर्धामा पहिलो मत ल्याएका विष्णु रिजाललाई भने टिकट पाएनन् । निर्वाचन क्षेत्रीय कमिटीले मतदानमार्फत् उम्मेदवार सिफारिस गर्दा रिजालले ६७ मत ल्याएर पहिलो स्थान हासिल गरेका थिए।
प्रतिस्पर्धी लक्ष्मी पोखरेलले ६६ मत प्राप्त गरेकी थिइन। तर, सचिवालय बैठकले क्षेत्रीय कमिटीको सिफारिस उल्ट्याउँदै पोखरेललाई दैलेख–२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण