बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विश्वकप छनोट

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालद्वारा १ सय २३ रनको लक्ष्य प्रस्तुत

आइतबार, ०४ माघ २०८२, १० : ३१
आइतबार, ०४ माघ २०८२

सारांश

  • काठमाडौंमा महिला टी-२० विश्वकप छनोटमा नेपालले थाइल्याण्डलाई १ सय २३ रनको लक्ष्य दिएको छ।
  • नेपालका लागि ओपनरद्वयले राम्रो सुरुवात गरे पनि पछि लय गुमाउँदा विकेट गुमाए।
  • सम्झना खड्काले २६ रन र बिन्दु रावलले ४४ रन बनाए भने रुबिना क्षेत्रीले १७ रन जोडिन्।

काठमाडौँ । काठमाडौँमा आइतबारदेखि सुरु भएको महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डसामु जितका लागि १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १ सय २२ रन बनाएको हो ।

Nep w vs thai w (5)

नेपाललाई ओपनरद्वय बिन्दु रावल र सम्झना खड्काले राम्रो सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । 

Nep w vs thai w (9)

खड्काले तीव्र गतिमा रन बनाउँदै ११ बलमा २६ रन जोडिन् । उनले ६ चौका प्रहार गरिन् । रावलले ५६ बलमा ४४ रन बनाइन् । उनले पनि समान ६ चौका हिर्काइन् ।

दुवै ओपनरलाई गुमाएसँगै नेपाले आफ्नो लय गुमाएको थियो । त्यसपछि टोलीले लगातार विकेट गुमाउन पुग्यो । पूजा महतो १७ बलमा मात्र १२ रन जोडेर आउट भइन् भने कप्तान इन्दु वर्मा पनि ६ रन बनाएर पभेलियन फर्किन बाध्य भइन् ।

Nep w vs thai w (4)

लगत्तै कविता कुँवर पनि २ रन जोड्दै रन आउट हुन पुगिन् । त्यसपछि ब्याटिङ गर्न आएकी रुविना क्षेत्रीले १० बलमा १७ रन जोड्दै नेपालको इनिङ्सलाई अगाडि बढाइन् । उनले १ चौका र २ छक्का प्रहार गरिन् । 

Nep w vs thai w (1)

रुबिना आउट भएपछि रविता जोशी पनि ३ रन बनाएर पभेलियन फर्किइन् । सीता मगरले कुनै पनि रन जोड्न सकिनन् । रिया शर्मा ४ बलमा ४ रन जोडेर आउट भइन् । सुमन विष्टले शून्य रन मात्र बनाइन् भने काजल श्रेष्ठ २ रन मा नटआउट रहिन् ।

Nep w vs thai w (2)Nep w vs thai w (3)Nep w vs thai w (6)Nep w vs thai w (7)Nep w vs thai w (8)Nep w vs thai w (10)Nep w vs thai w (11)Nep w vs thai w (12)Nep w vs thai w (13)Nep w vs thai w (14)Nep w vs thai w (15)Nep w vs thai w (16)Nep w vs thai w (17)Nep w vs thai w (18)Nep w vs thai w (19)Nep w vs thai w (20)

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप