राजनीति
झापामा रास्वपाले टुङ्ग्यायो उम्मेदवार, ओलीसँग बालेन भिड्ने
झापा– २ मा पूर्वसभामुख र उपसभामुख भिड्ने
आइतबार, ०४ माघ २०८२, २१ : ३४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ।
- झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीसँग बालेन शाह प्रतिस्पर्धा गर्ने भएका छन्।
- क्षेत्र नम्बर २ मा देवराज घिमिरे र इन्दिरा राना मगरबीच प्रतिस्पर्धा हुने भएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालेन शाह भिड्ने भएका छन् । ओलीसँग भिड्न बालेनले काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिइसकेका छन् ।
यस्तै झापा क्षेत्र नम्बर २ मा पूर्व सभामुख देवराज घिमिरे(एमाले)सँग पूर्व उपसभामुख इन्दिरा राना मगर भिड्दै छिन् ।
क्षेत्र नम्बर १ निशा डाँगीलाई रास्वपाले उम्मेदवार बनाएको छ । झापा क्षेत्र नम्बर ३ प्रकाश पाठक र क्षेत्र नम्बर ४ शम्भु ढकाल(सुस्केरा) रास्वपाबाट उम्मेदवार बनेका रास्वपाका एक सचिवालय सदस्यले जानकारी दिए ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण