माघ २६ देखि काठमाडौँमा १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव
सारांश
- काठमाडौँमा माघ २६ गतेदेखि १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव सुरु हुने भएको छ।
- महोत्सव कमलपोखरीस्थित रुसी सदनमा फागुन २ गतेसम्म चल्नेछ, जसमा १७ वटा नाटक छनोट भएका छन्।
- शैली थिएटर, ओजस थिएटर र रुसी सदनको संयुक्त आयोजनामा विभिन्न विद्यालयका नाटकहरू प्रदर्शन हुनेछन्।
काठमाडौँ । १७ औँ ‘राष्ट्रिय बाल नाटक महोत्सव २०८२’ यही माघ २६ देखि काठमाडौँमा सुरु हुने भएको छ । कमलपोखरीस्थित रुसी सदनमा आयोजना हुने महोत्सव फागुन २ गतेसम्म चल्नेछ ।
शैली थिएटर, ओजस थिएटर र रुसी सदनको संयुक्त आयोजना रहेको महोत्सवका लागि ४१ वटा स्क्रिप्टबाट १७ वटा नाटक छनोट भएको महोत्सव निर्देशक नवराज बुढाथोकीले जानकारी दिए ।
छनौट भएका नाटकमा श्री महेन्द्र आदर्श मावि ललितपुरको ‘हामी एकै हौँ’, मेधाश्री विद्यालय काठमाडौँको ‘यशस्वी भवः’, हामी दाजुभाइ संस्था ललितपुरको ‘के यो माया हो ?’, इन्टरनेसनल स्कुल धुम्बाराही, काठमाडौँको ‘अब उठ्नु छ’, काभ्रे इङ्लिस माध्यमिक विद्यालय पनौती काभ्रेको ‘सपनाको पुल’, स्प्रिङ हिल इङ्लिस बोर्डिङ स्कुल, काभ्रेको ‘सुनको जुत्ता’ र प्रगति प्रभात एकेडेमी काभ्रेको ‘आमाको आशा’ छन्
त्यसैगरी, विद्या सागर इङ्लिस बोर्डिङ स्कुल काभ्रेको ‘फाटेको गोजी’, ज्ञान ज्योति एजुकेसन फाउन्डेसन दाङको ‘रगतले लेखिएको सपना’, मृगशिरा वोर्ल्ड स्कुल काठमाडौँको ‘सेतो जुत्ता’, मेरी गोल्ड स्कुल, भक्तपुरको ‘पार्वती’, होली एन्जल्स पब्लिक स्कुल, काठमाडौँको ‘फूलको थुङ्गा’ पनि महोत्सवका लागि छनौट भएको छ ।
त्यस्तै, रिम्स स्कुल काठमाडौँको ‘रातो पूल’, रेड स्टार मावि मोरङको ‘रात चिन्या भानु’, मकालु मोरङ स्कुल मोरङको ‘कमिला र फट्याङ्ग्रो’, माउन्ट हर्मन चिल्ड्रेन मोरङको ‘श्रवणकुमारको कथा’, मादे स्कुल, काठमाडौँको ‘लुकेको कथा’ र गैँडाकोट इङ्लिस स्कुल गण्डकीको ‘हजुरबा ! कथा सुनाउनुस् न !‘ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण