कास्की–२ मा कांग्रेसबाट माधवप्रसाद बास्तोला ‘मधु’ को उम्मेदवारी दर्ता
पोखरा । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद बास्तोला ‘मधु’ले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार कास्की क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले औपचारिक रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसले यसपटक कास्की–२ मा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको हो । लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय बास्तोलालाई कांग्रेसले ‘त्यागी र निष्ठावान्’ नेताको रूपमा अघि सारेको जनाएको छ ।
उनी हाल नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका प्रवक्तासमेत हुन् । सधैं चर्चामा रहने कास्की–२ को चुनावी प्रतिस्पर्धामा कांग्रेसले सालिन व्यक्तित्वका रूपमा परिचित बास्तोलालाई टिकट दिएपछि यहाँको चुनावी माहोल रोचक बनेको छ ।
उम्मेदवारी दर्ताका क्रममा कांग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण