भक्तपुरका दुईवटा निर्वाचन क्षेत्र : प्रेम सुवाल र महेश बस्नेतसहित ५७ जना मैदानमा
सारांश
- भक्तपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- क्षेत्र नं १ मा प्रेम सुवाल, सोम मिश्र, र किरण न्यौपाने लगायतका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
- क्षेत्र नं २ मा महेश बस्नेत र कबिर राणाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ, जसमा अन्य दल र स्वतन्त्र उम्मेदवारको पनि सहभागिता रहेको छ।
भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमा कुल ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं १ मा २५ जना र क्षेत्र नं २ मा ३२ जनाको उम्मेदवारी परेको छ। दुवै क्षेत्रमा स्थापित दलका प्रभावशाली नेतादेखि स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थितिले प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
निर्वाचन क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पुनः उम्मेदवारी दर्ता गराएका छन्। सोही क्षेत्रमा नेकपा (एमाले) बाट सोम मिश्र र नेपाली कांग्रेसबाट किरण न्यौपाने चुनावी मैदानमा उत्रिएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुकेश रञ्जित, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराम लवजु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतबहादुर खड्काले मनोनयन दर्ता गराएका छन्।
यस क्षेत्रमा उज्यालो नेपाल पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, जसपा नेपाल र नेकपा (माओवादी) सहित अन्य साना दल र सुजिता बुढाथोकी, विष्णुराम दुमरु लगायत ९ जना स्वतन्त्र उम्मेदवारहरूले पनि प्रतिस्पर्धा गर्दैछन्।
त्यसैगरी, निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का केन्द्रीय सचिव महेश बस्नेत र नेपाली कांग्रेसका कबिर राणाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। बस्नेत र राणा दुवैले दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री, नेमकिपाका रमेश वैद्य र राप्रपाका विक्रम थापाले पनि उम्मेदवारी दिएका छन्।
क्षेत्र नं २ मा आनन्द कार्की, साजन ढकाल, अर्चना भट्टराई लगायत १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। दलगत र स्वतन्त्र उम्मेदवारको ओइरो लागेसँगै भक्तपुरमा चुनावी बहस र सरगर्मी ह्वात्तै बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण