अमेरिकाले जफत गर्यो अर्को भेनेजुएली तेल ट्याङ्कर
वासिङ्टन डीसी । अमेरिकाले भेनेजुएलाकाे अर्को एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको घोषणा गरेको छ । यससँगै अमेरिकाले नियन्त्रणमा लिएका भेनेजुएला सम्बद्ध तेल ट्याङ्करको सङ्ख्या ७ पुगेको छ ।
अमेरिकाले भेनेजुएलाको विशाल तेल उत्पादन र बिक्रीमाथि आफ्नो नियन्त्रण कडा बनाउँदै लगेका बेला अर्को ट्याङ्कर पनि जफत भएको हो ।
ल्याटिन अमेरिकामा अमेरिकी सैन्य गतिविधिको निगरानी गर्ने यूएस साउदर्न कमान्ड (साउदकम) ले मंगलबार ‘मोटर भेसेल साजिट्टा’ नामक ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको छ । भेनेजुएलामा आउने र त्यहाँ भएर बाहिर जाने तेल जहाजमाथि लगाइएको अमेरिकी नाकाबन्दी अन्तर्गत यो कारबाही गरिएको बताइएको छ ।
क्यारिबियन क्षेत्रमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबन्धित जहाजमाथिको क्वारेन्टिनको अवहेलना गर्दै सञ्चालन भइरहेको अर्को ट्याङ्कर नियन्त्रणमा लिनुले भेनेजुएलाबाट बाहिरिने तेल कानुनी र समन्वय प्रक्रियामार्फत मात्रै जानुपर्ने आफ्नो दृढता देखाएको साउदकमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सैन्य कमान्डका अनुसार ट्याङ्कर नियन्त्रणमा लिने कारबाही कुनै पनि अप्रिय घटनाबिना सम्पन्न भएको थियो । सार्वजनिक गरिएको भिडियोमा अमेरिकी सुरक्षाकर्मी हेलिकप्टरमार्फत जहाजमा अवतरण गरेको देखिन्छ ।
अमेरिकाले गत डिसेम्बर १० देखि प्रतिबन्धित तेल ट्याङ्करहरू नियन्त्रणमा लिन सुरु गरेको थियो । जनवरी ३ मा ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिन सैन्य कारबाहीको अनुमति दिएपछि दुवै देशबिचको तनाव चरम बिन्दुमा पुगेको थियो ।
अमेरिकाले भेनेजुएलाको तेललाई आफ्नाे हितसँग जोड्ने गरेको छ । भेनेजुएलाले सन् २००७ मा गरेकाे तेल उद्योग राष्ट्रियकरणको क्रममा अमेरिकी कम्पनीहरुले आफ्नो अर्बौ डलरको लगानी छाडेर बाहिरिनुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण