बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निमित्त भारतीय राजदूत पाण्डेले भेटे उपराष्ट्रपति यादवलाई

बिहीबार, ०८ माघ २०८२, ०७ : ४४
बिहीबार, ०८ माघ २०८२

सारांश

  • उपराष्ट्रपति रामसहाय प्रसाद यादव र भारतीय दूतावासका निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भयो।
  • भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग र विविध विषयमा छलफल भएको थियो।
  • भारतले नेपाललाई खेलकुद र रेलवे लगायतका क्षेत्रमा सहयोग गर्ने तत्परता देखाएको छ।

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका निमित्त राजदूत डा.राकेश पाण्डेले भेटवार्ता गरेका छन् । 

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग तथा अन्य विविध आयामका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । 

नेपाल–भारत सम्बन्ध सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिकको क्षेत्रमा रहेको बताउँदै उपराष्ट्रपति यादवले नेपाल–भारत सम्बन्ध आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए । 

नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताउँदै उनले भारत सरकारले ‘नेबरहुड फस्र्ट’ नीतिअन्तर्गत छिमेकीहरूसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरेको बताए । 

भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदारको रूपमा रहेको बताउँदै उनले आर्थिक तथा प्राविधिकसहित विभिन्न क्षेत्रमा भारतले सहयोग पुर्‍याउँदै आएको बताए । 

निमित्त राजदूत पाण्डेले नेपाललाई भारतले हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए । विशेषगरी खेलकुदको क्षेत्र, विशेषतः क्रिकेटमा सहयोग गर्न भारत इच्छुक रहेको उल्लेख गर्दै उनले नेपालका रेलवे क्षेत्रमा समेत सक्दो सहयोग गर्न भारत तयार रहेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप