सिरिया–लेबनान सीमाका चार नाकामा इजरायलले हान्यो बम
सारांश
- इजरायलले सिरिया-लेबनान सीमामा रहेका चारवटा नाकामा हवाई आक्रमण गरेको छ।
- इजरायलले हिजबुल्लाहले हतियार तस्करी गर्ने नाकामा आक्रमण गरेको दाबी गरेको छ।
- लेबनानका राष्ट्रपतिले इजरायलको हवाई हमला नागरिकलाई लक्षित गरेको आरोप लगाएका छन्।
तेल अभिभ । इजरायलले सिरिया–लेबनान सीमामा रहेका चारवटा नाकामा हवाई आक्रमण गरेको छ । यी नाकाहरूलाई हिजबुल्लाहले हतियार तस्करी गर्न प्रयोग गर्दै आएको दाबी इजरायली सेनाको छ । यसअघि बिहान दक्षिण लेबनानमा गरिएका इजरायली आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने करिब २० जना घाइते भएका थिए ।
सन् २०२४ मा अमेरिका मध्यस्थतामा भएको युद्धविराम लागू भइरहेकै अवस्थामा इजरायलले पटक–पटक आक्रमण जारी राखेको लेबनानी पक्षको आरोप छ । बसोबास भएका गाउँहरूमा हवाई हमला गरेर इजरायलले नागरिकलाई लक्षित गरेको र यो खतरनाक उक्साहट भएको लेबनानका राष्ट्रपति जोसेफ औनले बताएका छन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर कनारितमा भएको हवाई आक्रमणमा १९ जना घाइते भएका छन् । एएफपीका पत्रकारसमेत उक्त आक्रमणमा सामान्य घाइते भएका छन् ।
हतियार स्थानान्तरण रोक्न चार सीमा नाकामा हमला गरेको र सिदोन क्षेत्रमा हिजबुल्लाहका एक जना मुुख्य हतियार तस्कर मारिएको दाबी इजरायली सेनाले गरेको छ । यी आक्रमणले लेबनानको सार्वभौमिकता र युद्धविराम सम्झौताको खुला उल्लङ्घन भएको लेबनानी सेनाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण