बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति अमेरिका भ्रमणमा जाने

बिहीबार, ०८ माघ २०८२, १३ : ११
बिहीबार, ०८ माघ २०८२

सारांश

  • भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज छिट्टै अमेरिका भ्रमणमा जाँदैछिन्, जसलाई सम्बन्ध सुधारको संकेत मानिएको छ।
  • यो भ्रमण पछिल्लो २५ वर्षमा भेनेजुएलाका राष्ट्रपतिको पहिलो अमेरिका भ्रमण हुनेछ।
  • रोड्रिगेजले अमेरिकासँग कूटनीतिक संवाद र व्यापार सम्बन्ध सुधारको तत्परता देखाएकी छिन्।

काठमाडौँ । भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज छिटै नै अमेरिका भ्रमणमा जाँदैछिन् । वरिष्ठ अमेरिकी अधिकारीले बुधबार भ्रमणबारे जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको यो भ्रमणलाई दुई देश बिचको सम्बन्धमा ठुलो परिवर्तनको सङ्केत मानिएको छ । अमेरिकासँगको संवादलाई नडराइकन अघि बढाइरहेको रोड्रिगेजले बताएकी छिन् । यो भेनेजुएलामा सत्तासीन राष्ट्रपतिको पछिल्लो २५ वर्षयताको पहिलो अमेरिका भ्रमण हुनेछ ।

जनवरीमा अमेरिकी विशेष सैन्य बलले भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लैजाने अपरेसन चलाएपछि अमेरिका र भेनेजुएलाबिचको सम्बन्धमा तीव्र टकराब देखिएको थियो । त्यसपछि रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति घोषणा गरिएको थियो ।

रोड्रिगेज मादुरोको सरकारमा उपराष्ट्रपति थिइन् । उनी लामो समय रुढीवादी सरकारको नेतृत्वसँग आबद्ध रहँदै आएकी थिइन् । रोड्रिगेज अन्तरिम राष्ट्रपतिमा नियुक्त भएकै समयमा ट्रम्पले आफूले भनेको नमाने उनको हालत पनि मादुरोको जस्तै हुने धम्की दिएका थिए ।

तर पछिल्लो समय उनले अमेरिकासँग कूटनीतिक संवाद, तेल र व्यापार सम्बन्ध सुधारमा काम गर्ने तत्परता देखाएकी छिन् । रोड्रिगेजको भ्रमणको मिति भने अहिलेसम्म तय भएको छैन ।

यसलाई दुई राष्ट्रबिचको सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रयासको रूपमा हेरिएको छ । यो घटनाक्रमले तेलसम्बन्धी साझेदारी, आर्थिक लगानी र राजनीतिक सहकार्यको सम्भावना पनि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप