पूजा चम्किँदा जिम्बाब्वेमाथि नेपालको शानदार जित
सारांश
- आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गर्यो।
- नेपालका लागि पूजा महतोले ५२ रनको शानदार अर्धशतकीय इनिङ्स खेलिन्, जसमा ४ चौका र २ छक्का सामेल थिए।
- जिम्बाब्वेले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको छ । शनिबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जिम्बाब्वेले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य १९.३ ओभरमा मात्र ४ विकेटको क्षतिमा भेट्टाएको हो ।
प्रतियोगितामा समूह 'बी' मा रहेको नेपालको यो पहिलो जित हो । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । समूह ‘बी’ बाट नेदरल्याण्ड्स यसअघि नै सुपर सिक्समा प्रवेश गरिसकेको छ ।
नेपालको जितमा पूजा महतोले शानदार अर्धशतकीय इनिङ्स खेलिन् । उनले मात्र ५० बलमा ५२ रन जोडिन् । यस क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरिन् ।
उनलाई कप्तान इन्दु वर्माले २३ बलमा २२ रन बनाउँदै राम्रो साथ दिइन् । उनले २ चौका र १ छक्का हिर्काइन् । त्यस्तै, ओपनर विन्दु रावलले १५ रन तथा सीता मगरले ११ रनको योगदान दिइन् ।
जिम्बाब्वेका लागि जोसेफन एनकोमोले २ तथा नोम्भेलो सिबान्दा र क्रिस्टाबेल चोन्जवाले १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । टोलीका लागि केलिस एनध्लोभुले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले ३६ बलमा ८ चौका हिर्काइन् ।
त्यसैगरी, ओपनर विलभ्ड विजाले ३५ बलमा ३४ रन तथा विकेटकिपर मोडेस्टर मुपाचिकवाले १४ रन जोडिन् । नेपालका लागि रिया शर्माले २ विकेट हात पारिन् भने कविता कुँवर, पूजा महतो, सीता मगर र रुविना क्षेत्रीले १–१ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026