जग्गा विवाद चर्किँदा एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग २ घन्टा अवरुद्ध
सिरहा । सिरहामा ऐलानी जग्गाको विषयमा भएको विवाद उत्कर्षमा पुग्दा आइतबार एक जनाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–१० स्थित सार्वजनिक जग्गाको बाटोमा बनाइएको संरचनाको विषयमा दुई पक्षबिच विवाद चर्किएको थियो ।
मृत्यु हुनेमा सोही ठाउँ निवासी ५० वर्षको अजमोदिन सेख रहेका सिरहा प्रहरीले जनाएको छ । सिरहा प्रहरी प्रमुख बासु पाठकका अनुसार सोही ठाउँका अख्तर शेखले सार्वजनिक बाटोमा घर बनाइरहेका थिए, उक्त जग्गा ऐलानी रहेको भन्दै अदालतमा रिट दायर भएको थियो ।
त्यसपछि अदालतले पनि सार्वजनिक जग्गामा संरचना बन्न नदिनू भनेर आदेश दिएको थियो । सोही आदेश कार्यान्वयन गराउन प्रहरी पुगेको जनाइएको छ । घर हटाउने काम भइसकेपछि दुवै पक्षबिच भएको विवादमा अर्को व्यक्तिको धकेलाधकेलमा मृत्यु भएको एसपी पाठकले बताए ।
घटनास्थलमा लडेर घाइते भएका शेखको उपचारका लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी बताउँछ ।
सार्वजनिक जग्गाको संरचना हटाउने सहमति हुँदा पनि शेख अख्तरले नहटाएपछि विवाद भएको थियो । पछाडिको जग्गावाला राम भरोसी महतोले आजै प्रहरीसँग गुहार माग्दै संरचना हटाउन लागेका थिए । शेख अख्तरको मृत्युपछि स्थानीयले साँझ पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।
यद्यपि दुवै पक्षसँग छलफल गरेर केहीबेर अघि राजमार्ग खुलाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण