इजरायलले अल जजिरामाथिको प्रतिबन्ध ९० दिन थप्यो
सारांश
- इजरायलले अल जजिरा मिडिया नेटवर्कको गतिविधिमाथि लगाएको प्रतिबन्ध ९० दिन थप गरेको छ।
- इजरायलले अल जजिराको प्रसारण, इन्टरनेट सेवा र युट्युबमा पहुँच रोकेको छ।
- अल जजिराले इजरायलको निर्णयको विरोध गर्दै कानुनी उपचार खोज्ने चेतावनी दिएको छ।
तेल अभिभ । इजरायलले देशभित्र अल जजिरा मिडिया नेटवर्कको सबै गतिविधिमाथि लगाइएको प्रतिबन्ध थप ९० दिनका लागि लम्ब्याएको छ । इजरायली सञ्चारमन्त्री श्लोमो कराहीले आइतबार हस्ताक्षर गरेको आदेशअनुसार अल जजिराका कार्यालय बन्द रहनेछन् भने प्रसारण तथा इन्टरनेट सेवा प्रदायक कम्पनी र युट्युबलाई समेत इजरायलभित्र नेटवर्कलाई सेवा दिन निषेध गरिएको छ ।
सन् २०२४ मे महिनामा गाजामा इजरायलको सैन्य आक्रमण तीव्र अवस्थामा रहेका बेला प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको मन्त्रिपरिषद्ले अल जजिराको इजरायलभित्रको सञ्चालन बन्द गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सुरक्षाका लागि खतरा ठहरिए विदेशी सञ्चारमाध्यमलाई अस्थायी रूपमा बन्द गर्न सकिने कानुन इजरायली संसद्ले पारित गरेपछि यो निर्णय आएको थियो । त्यसै वर्ष सेप्टेम्बरमा इजरायली सेनाले कब्जामा रहेको वेस्ट बैंकको रामल्लाह सहरस्थित अल जजिराको कार्यालयमा छापा मारी उपकरण र कागजात जफत गर्दै कार्यालय बन्द गराएको थियो ।
त्यसपछि डिसेम्बरमा इजरायली संसद्ले ‘अल जजिरा कानुन’ थप दुई वर्षका लागि विस्तार गर्यो । अलजजिरा अरबीका यरुशलेम र रामल्लाह ब्युरो प्रमुख वालिफ अल–ओमारीका अनुसार पछिल्लो निर्णय इजरायलको सञ्चार मन्त्रालयले नेटवर्कको प्रसारणलाई अझै पनि इजरायलको सुरक्षाका लागि हानिकारक ठानिरहेको बताएको नौ दिनपछि आएको हो ।
यसअघि नेतन्याहुले नेटवर्कविरुद्ध मानहानीपूर्ण आरोप लगाएको भन्दै अल जजिराले आपत्ति जनाएको थियो । कतारमा रहेको उक्त सञ्चार संस्थाले स्वतन्त्र पत्रकारितामाथिको दमन अन्तर्राष्ट्रिय तथा मानवीय कानुनविपरीत भएको उल्लेख गर्दै यस्ता कदमले आफूहरूलाई निष्पक्ष र साहसी रिपोर्टिङबाट रोक्न नसक्ने स्पष्ट पारेको थियो ।
आवश्यक परे सबै कानुनी उपाय अपनाउने चेतावनीसमेत अल जजिराले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण