शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआरएनए युएईको आयोजनामा चौथो भलिबल प्रतियोगिता सम्पन्न

मङ्गलबार, १३ माघ २०८२, १६ : ४८
मङ्गलबार, १३ माघ २०८२

काठमाडौँ । “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ युएइमा रहेका नेपालीलाई भलिबलप्रति आकर्षित गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युएइको आयोजनामा चौथो भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

युएइको अल वार्सन स्टेडियममा सम्पन्न प्रतियोगितामा १० समूहका खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आइसिसिका उपाध्यक्ष मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ रहेका थिए । विशिष्ट अतिथिका रूपमा एनआरएनए आइसिसिका उपमहासचिव प्रवीण गुरुङ सहभागी थिए भने मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ अतिथि थिए । साथै मध्यपूर्व क्षेत्रीय युवा संयोजकद्वय विकास शाही र निरञ्जन सिलवालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा युएइमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रवासी नेताहरूको समेत सहभागिता थियो । कार्यक्रमको सभापतित्व नेपाल एसोसिएसन–एनआरएनए (एनसिसि) युएइका अध्यक्ष भीम मल्ल ठकुरीले गरेका थिए ।

कार्यक्रमको संयोजन अपिल भट्टराईले गरेका थिए भने सञ्चालन कमलजंग कार्कीले गरेका थिए । प्रतियोगिताका बीच–बीचमा कुशल नृत्यकार विपना सुनार र पुनम सेन्चुरीले आकर्षक नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

निकै कडा र रोमाञ्चक प्रतिस्पर्धाबीच सम्पन्न प्रतियोगितामा प्रथम स्थान तनहुँ सेवा समाज युएइले हासिल गरेको छ । दोस्रो स्थान कास्की आदर्श समाज युएइ र तेस्रो स्थान हातेमालो प्रवासी समूह युएइले प्राप्त गरेका छन् ।

प्रतियोगिता हेर्न युएइमा रहेका प्रवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्टेडियम नेपाली दर्शकले भरिभराउ भएको थियो ।

प्रथम स्थान प्राप्त गर्ने समूहलाई ११ हजार १११ युएइ दिराम, दोस्रो स्थानलाई ६ हजार ६६६ युएइ दिराम र तेस्रो स्थानलाई ३ हजार ३३३ युएइ दिराम नगद पुरस्कारसहित कप, मेडल तथा प्रत्येक खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रथम स्थानको पुरस्कार एभरेष्ट सुपरमार्केट, दोस्रो स्थानको पुरस्कार CSET–Academy र तेस्रो स्थानको पुरस्कार GCD Group of Company को सौजन्यमा प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप