मन्त्रिपरिषद् बैठक निर्णय
राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत
बिहीबार, १५ माघ २०८२, १७ : ३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
आगामी आइतबार (माघ १८) गते पौडेल जापान भ्रमणमा जाँदैछन् । माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा पाैडेल सहभागी हुनेछन् ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन् ।
नेपाल र जापानबिच सन् १९५६ सेप्टेम्बर १ (वि.सं.२०१३ भदौ १७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण