डडेल्धुरामा स्कारपियो दुर्घटना, निर्वाचन अधिकृतसहित पाँच जना घाइते
सारांश
- डडेल्धुरामा निर्वाचन कार्यालयको स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
- दुर्घटना अमरगढी नगरपालिका-११ रडुवा खोला नजिकै केआईसिंह राजमार्गमा भएको थियो।
- घाइते हुनेमा निर्वाचन अधिकृत, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरू रहेका छन्।
धनगढी। डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्ला निर्वाचन कार्यालय डोटीको गाडी डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोला नजिक केआईसिंह राजमार्गमा दुर्घटनामा परेको हो । डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको स्कारपियो अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनामा डोटीका निर्वाचन अधिकृत तथा अजयमेरु गाउँपालिका–६ का ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भई सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालिका घर भई नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सूर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण