एक वर्ष एउटै कोठाभित्र थुनिएर बस्ने अनौठो प्रण, युट्युबमा २४ घण्टा लाइभ स्ट्रिमिङ
सारांश
- अमेरिकी नागरिक स्किप बोयसले जीवनशैली सुधार्न घरभित्रै ३६५ दिन आइसोलेसनमा बस्ने अनौठो यात्रा सुरु गरेका छन्।
- उनले युट्युबमार्फत २४ सै घण्टा लाइभ स्ट्रिमिङ गर्ने र कोठा बाहिर ननिस्कने नियम बनाएका छन्।
- विज्ञहरूले उनको यो कदमलाई अस्वस्थकर भन्दै आलोचना गरेका छन्, तर बोयस आफ्नो निर्णयमा दृढ छन्।
उटाह । अमेरिकाको उटाह राज्यका ४९ वर्षीय स्किप बोयसले आफ्नो जीवनशैली सुधार्ने भन्दै एउटा अनौठो र चुनौतीपूर्ण यात्रा सुरु गरेका छन्। निर्माण व्यवसायका पूर्व मालिक बोयसले फेब्रुअरी १० देखि आफ्नी श्रीमती र छोरीलाई बिदाइ गरी आफ्नै घरको एउटा कोठामा आफूलाई थुनेका छन्।
उनले आगामी ३६५ दिनसम्म सोही कोठाभित्रै आइसोलेसनमा बस्ने र उक्त सम्पूर्ण अनुभव युट्युबमार्फत २४ सै घण्टा प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) गर्ने योजना बनाएका छन्। उनको यो ‘आइसोलेसन वर्ष’ का नियमहरू निकै कडा छन्। उनले कुनै पनि हालतमा कोठा बाहिर पाइला नटेक्ने र लाइभ स्ट्रिमिङ एक सेकेन्ड पनि बन्द नगर्ने सर्त राखेका छन्।
कोठाभित्रै बाथरुम, व्यायाम गर्ने ठाउँ, किताब पढ्ने र लेख्ने व्यवस्था मिलाइएको छ। बाहिरी मनोरञ्जनका साधन वा मानिसहरूसँगको प्रत्यक्ष भेटघाटलाई उनले पूर्ण रूपमा निषेध गरेका छन्। ‘लाइभ स्ट्रिमिङले गर्दा मैले बिचैमा लुकेर खेल छोड्न वा पछि कथा बंग्याउन पाउने छैन, यसले मलाई इमानदार बनाउँछ,’ बोयसले भनेका छन्।
आफ्नो परिवारबाट समेत टाढिएर यस्तो कठोर निर्णय लिनुको पछाडि उनले आफ्नो नराम्रो बानी सुधार्ने र अनुशासन कायम गर्ने लक्ष्य रहेको बताएका छन्। उनले कोकाकोला पिउने जस्ता अस्वस्थकर बानीहरू सजिलै छोडिसकेको र अहिले बढी व्यायाम तथा स्वस्थ खानपानमा ध्यान दिइरहेको दाबी गरेका छन्।
आइसोलेसनमा बसेको तीन हप्ता पुग्नै लाग्दा आफ्नो मानसिक स्वास्थ्यमा समेत सुधार आएको उनको अनुभव छ। यद्यपि, सामाजिक सञ्जालमा धेरैले उनको यो कदमलाई ‘अस्वस्थकर’ भन्दै आलोचना गरिरहेका छन्। घामको किरण, ताजा हावा र सामाजिक अन्तरक्रिया विना एक वर्षसम्म बन्द कोठामा बस्दा शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विज्ञ र सर्वसाधारणले उनलाई सचेत गराएका छन्।
तर, बोयस भने १० जनवरी २०२७ सम्म संसारबाट अलग भएर बस्नु नै आफ्नो लागि सबैभन्दा उत्तम हुने कुरामा दृढ देखिन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण