नेपाल लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित
सारांश
- नेपाल लाइफ इन्स्योरेन्सले 'द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५' प्राप्त गर्यो।
- कम्पनीले बीमा विधामा उत्कृष्ट ठहरिँदै अवार्ड जितेको हो, अन्य प्रतिस्पर्धीलाई पछि पार्दै।
- कम्पनीका प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतले संयुक्त रूपमा सम्मान ग्रहण गरे।
काठमाडौँ । नेपालको जीवन बीमा क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिष्ठित ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५’ प्राप्त गरेको छ। कर्पोरेट क्लब नेपालले काठमाडौँमा आयोजना गरेको एक भव्य समारोहका बिच लाइफ इन्स्योरेन्स विधामा उत्कृष्ट ठहरिँदै कम्पनीले यो अवार्ड हात पारेको हो।
अवार्डका लागि मनोनयनमा परेका अन्य प्रतिस्पर्धी बीमा कम्पनीहरूलाई पछि पार्दै नेपाल लाइफले यो सफलता प्राप्त गरेको हो। समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा उक्त सम्मान ग्रहण गरे।
बीमा कम्पनीहरूको वित्तीय विवरण, संस्थागत सुशासन, दाबी भुक्तानीको अनुपात, चुक्ता पुँजी र प्रथम बीमा शुल्क आर्जन जस्ता मुख्य सूचकहरूमा अब्बल देखिएकाले कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण