अमेरिकाले खसाल्यो अरब सागरमा उडिरहेको इरानी ड्रोन
सारांश
- अमेरिकी सेनाले इरानको ड्रोनलाई अरब सागरमा खसालेको छ, जुन अमेरिकी विमानवाहक जहाजको नजिक आइरहेको थियो।
- घटना इरानको तटबाट ५०० माइल टाढा भएको थियो र यसमा कुनै अमेरिकी सैनिक घाइते भएनन्।
- यो घटना अमेरिका र इरानबीचको बढ्दो तनावको बीचमा भएको हो, जहाँ सैन्य कारबाहीको चेतावनी दिइएको छ।
वासिङ्टन डीसी । अरब सागरमा अमेरिकी विमानवाहक जहाज यूएसएस अब्राहम लिंकन तर्फ आक्रामक रूपमा नजिकिँदै गरेको एउटा इरानी ड्रोनलाई अमेरिकी सेनाले गोली हानेर खसालेको छ । अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, मंगलबार जहाजबाट उडेको एफ–३५सी स्टेल्थ लडाकु विमानले आत्मरक्षाका लागि उक्त ड्रोनलाई ध्वस्त पारेको हो ।
घटना हुँदा जहाज इरानको तटबाट करिब ५०० माइल टाढा थियो । ड्रोनको उद्देश्य स्पष्ट नभएको सेनाले बताएको छ । यस घटनामा कुनै अमेरिकी सैनिक घाइते नभएको र जहाजमा क्षति पनि नपुगेको बताइएको छ ।
यो घटना अमेरिका र इरानबिच तनाव बढिरहेका बेला भएको हो । अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप मजबुत बनाइरहेको छ । इरान आफ्नो आणविक कार्यक्रम सीमित गर्ने सम्झौतामा आएन भने सैन्य कारबाही हुन सक्ने चेतावनी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइसकेका छन् । उनले यसअघि इरानमा सरकारविरोधी प्रदर्शन दमनका रोक्न हस्तक्षेपको गर्ने धम्की पनि दिएका थिए ।
ड्रोन खसालिएपछि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले फक्स न्युजसँग कुरा गर्दै अमेरिका र इरानबिच यसै साता तय भएका वार्ता यथावत् रहेको बताइन् । ट्रम्पले पहिला कूटनीतिलाई प्राथमिकता दिए पनि सैन्य विकल्प सधैँ खुला रहने उनले स्पष्ट पारिन् ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले यसअघि अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध भड्किने चेतावनी दिएका थिए । तर मंगलबारको ड्रोन घटनाबारे इरानले औपचारिक प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण