मादुरो दम्पतीको रिहाइको माग गर्दै भेनेजुएलामा विरोध प्रदर्शन
सारांश
- भेनेजुएलाका हजारौँ मानिसले अमेरिकी हिरासतमा रहेका राष्ट्रपति मादुरो र उनकी पत्नीको रिहाइको माग गर्दै प्रदर्शन गरे।
- प्रदर्शनकारीहरूले मादुरोलाई फिर्ता ल्याउन अमेरिकालाई दबाब दिए, जसलाई अमेरिकी सेनाले जनवरी ३ मा कब्जा गरेको थियो।
- प्रदर्शनमा सार्वजनिक क्षेत्रका कामदार र विद्यार्थीहरूले जेलमा रहेका राजनीतिक कैदीहरूको रिहाइको माग गरे।
काराकास । अमेरिकी हिरासतमा रहेका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई मुक्त गर्न माग गर्दै भेनेजुएलामा हजारौँ मानिसले राजधानी काराकासमा विरोध प्रदर्शन गरेका छन् । जनवरी ३ मा मादुरो दम्पतीलाई अमेरिकी सेनाले कब्जा गरेको एक महिनादेखि भएको यो पहिलो ठुलो प्रदर्शन हो ।
प्रदर्शनकारीहरूले भेनेजुएलालाई निकोलस चाहिन्छ ! भन्ने नारा लगाएका थिए भने उनको रिहाइका लागि साइन बोर्ड बोकेका थिए । प्रदर्शनमा सार्वजनिक क्षेत्रका धेरै कामदारहरू सहभागी भएका थिए ।
मादुरोका छोरा निकोलस मादुरो गुर्राले भीडलाई सम्बोधन गर्दै अमेरिकी सेनाको अपरेसनले देशलाई ठुलो चोट पुर्याएको बताएका थिए । प्रदर्शनकारीहरूले अमेरिकालाई मादुरो दम्पतीलाई फिर्ता ल्याउन दबाब दिएका छन् ।
साेही दिन विश्वविद्यालयका कैयौँ विद्यार्थी र राजनीतिक बन्दीका आफन्तहरूले पनि जेलमा रहेका राजनीतिक कैदीहरूको रिहाइकाे माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरूले डेल्सी रोड्रिगेजको नेतृत्वमा सरकारमा व्यापक सुधार र कूरियाँ कानुन पारित गर्ने माग गरिएकाे थियो ।
जनवरी ३ मा भएको अमेरिकी सेनाले काराकासमा आक्रमण गरेर मादुरो र उनकी पत्नीलाई समातेर अमेरिका लगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण