वार्मअप खेलमा भारतको सानदार जित, दक्षिण अफ्रिका ३० रनले पराजित
सारांश
- टी-२० विश्वकपको वार्मअप खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हरायो।
- अन्य खेलमा नामिबियाले स्कटल्याण्डलाई ६ रनले र अफगानिस्तानले वेस्ट इन्डिजलाई २३ रनले हराए।
- पाकिस्तान र आयरल्याण्डबीचको खेल वर्षाका कारण रद्द भयो।
मुम्बई । टी-२० विश्वकपको तयारीका क्रममा भएको वार्मअप खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हराएको छ। नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २४० रनको विशाल योगफल खडा गरेको थियो।
भारतका लागि इशान किशनले मात्र २० बलमा अर्धशतक प्रहार गरे भने तिलक वर्माले ४५, अक्षर पटेलले ३५ र कप्तान सूर्यकुमार यादवले ३० रन जोडे। जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ७ विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टब्सले ४५ र रायन रिकेल्टनले ४४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। भारतका अभिषेक शर्माले २ विकेट लिए।
विश्वकपअघिका अन्य अभ्यास खेलहरूमा पनि निकै रोचक प्रतिस्पर्धा देखिएको छ। बेंगलुरुमा भएको अर्को खेलमा नामिबियाले स्कटल्याण्डलाई ६ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ।
पहिले ब्याटिङ गर्दै नामिबियाले २२६ रनको विशाल स्कोर खडा गरेको थियो, जसमा जान फ्राइलिंकले ८८ रनको योगदान दिए। स्कटल्याण्डका ब्रान्डन म्याकमुलनले ९५ रनको विष्फोटक पारी खेले पनि अन्तिम ओभरमा आवश्यक रन जोड्न नसक्दा टोली पराजित भयो।
त्यस्तै, अफगानिस्तानले वेस्ट इन्डिजलाई २३ रनले हराउँदै वार्मअप खेलमा लगातार दोस्रो जित दर्ता गरेको छ। इब्राहिम जदरान र रहमानुल्लाह गुरबाजको बलियो ओपनिङ साझेदारीको मद्दतमा १८२ रन बनाएको अफगानिस्तानले वेस्ट इन्डिजलाई १५९ रनमै रोकिदियो।
कोलम्बोमा हुने भनिएको पाकिस्तान र आयरल्याण्डबिचको खेल भने वर्षाका कारण टस समेत हुन नपाई रद्द भएको छ। दुवै टोलीका लागि यो एक मात्र वार्मअप खेल थियो।
अब पाकिस्तानले फेब्रुअरी ७ मा नेदरल्याण्ड्ससँग र आयरल्याण्डले फेब्रुअरी ८ मा श्रीलङ्कासँग विश्वकपको पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026