रुससँगको युद्धमा ५५ हजार युक्रेनी सेना मारिए
सारांश
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसविरुद्धको युद्धमा ५५ हजार युक्रेनी सैनिक मारिएको बताए ।
- अन्तरवार्तामा उनले मृतक सैनिक र बेपत्ताको संख्याबारे जानकारी दिए, तर स्पष्ट संख्या खुलाएनन् ।
- यो तथ्याङ्क अबुधाबीमा युद्धविराम वार्ता र युद्धको चौथो वर्षगाँठको पूर्वसन्ध्यामा सार्वजनिक भएको हो।
किभ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा अहिलेसम्म करिब ५५ हजार युक्रेनी सैनिक मारिएको बताएका छन् । फ्रान्स २ टेलिभिजनसँगको पूर्व रेकर्ड गरिएको अन्तर्वार्तामा उनले यो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
उनका अनुसार मृतकमा पेसागत सैनिक र अनिवार्य रूपमा भर्ती गरिएका दुवै छन् । ठुलो सङ्ख्यामा सैनिकहरू अझै बेपत्ता रहेको उनले बताए । तर बेपत्ता कति छन् भनेर उनले ठ्याक्कै सङ्ख्या चाहिँ खुलाएका छैनन् ।
यी टिप्पणीहरू रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको चौथो वर्षगाँठ नजिकिँदै गर्दा अनि अबुधाबीमा युक्रेन युद्ध रोक्न जारी युद्धविराम वार्ताको पृष्ठभूमिमा आएका हुन् । जेलेन्स्कीले यसअघि सन् २०२५ को फेब्रुअरीमा एनबीसीसँगको अन्तर्वार्तामा मृतक सैनिकको सङ्ख्या ४६ हजारभन्दा बढी रहेको बताएका थिए ।
सन् २०२५ को मध्यसम्म युद्धमा झन्डै ४ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजले अनुमान गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार २०२५ मा मात्रै रुसी आक्रमणबाट २ हजार ५१४ सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । १२ हजार १४२ जना घाइते भएका छन् । रुसले पनि युद्धमा ठुलो क्षति बेहोरेको छ ।
युक्रेनका सैन्य कमान्डर ओलेक्सान्द्र सिस्र्कीका अनुसार २०२५ मा मात्र करिब ४ लाख २० हजार रुसी सैनिक मारिएका वा घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण