शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

३४ वर्षमा प्रवेश गरिन् ‘डान्स क्विन’ नोरा, एउटा गीतमा यति लिन्छिन् पारिश्रमिक

शुक्रबार, २३ माघ २०८२, ०९ : ५९
शुक्रबार, २३ माघ २०८२

मुम्बई । बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेही आज आफ्नो ३४औँ जन्मदिन मनाउँदैछिन्। ६ फेब्रुअरी १९९२ मा क्यानडाको टोरन्टोमा जन्मिएकी नोराले भारतीय चलचित्र उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन्।

क्यानडाबाट भारत आएर करियर सुरु गर्दा उनका आमाबुबा यो निर्णयको कडा विरोधी थिए। तर, नोराले आफ्नो कडा मेहनत र प्रतिभाले आमाबुबाको असन्तुष्टिलाई सफलतामा बदलेर देखाइदिइन्। आज उनी बलिउडको एउटा स्थापित नाम बनेकी छिन्।

आफ्नो करियरको सुरुवात डान्सरका रूपमा गरेकी नोराले बलिउड मात्र नभई दक्षिण भारतीय चलचित्रका कैयौँ ‘आइटम’ गीतहरूमा तहल्का मच्चाइसकेकी छिन्। ‘दिलबर’, ‘ओ साकी ओ साकी’, ‘कुसु कुसु’ र ‘एक तो कम जिन्दगानी’ जस्ता सुपरहिट गीतहरूले उनलाई सफलताको शिखरमा पुर्‍याएको हो।

हाल उनी एउटा गीतमा नृत्य गरेबापत २ देखि ३ करोड भारुसम्म पारिश्रमिक लिने गर्छिन्। चलचित्रका अतिरिक्त म्युजिक भिडियो, विज्ञापन र सामाजिक सञ्जालमा ब्रान्ड प्रमोसनमार्फत पनि उनले मोटो रकम आम्दानी गर्दै आएकी छिन्।

प्रोफेसनल लाइफसँगै नोराको व्यक्तिगत जीवन पनि सधैँ चर्चाको विषय बन्ने गरेको छ। हालै मात्र टी-शरीजका मालिक भूषण कुमारसँग उनको अफेयरको खबरले फेरि बजार तताएको छ।

एक टिकटक इन्फ्लुएन्सरले नोराको तीन वर्ष पुरानो पोस्ट रेडिटमा सेयर गरेपछि यो विषय पुनः चर्चामा आएको हो। यसअघि उनको नाम मोरक्कन फुटबलर अशरफ हकिमीसँग पनि जोडिएको थियो।

हाल नोरा करिब ४० करोड भारु बराबरको सम्पत्तिको मालिक छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप