मोटरसाइकल पार्किङको विषयमा विवाद हुँदा वीरगन्जमा एक जनाको मृत्यु
सारांश
- पर्सामा मोटरसाइकल पार्किङको विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ।
- मृतकले घर अगाडि मोटरसाइकल पार्किङ गर्न नदिँदा विवाद भएको थियो।
- प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
वीरगन्ज । पर्सामा मोटरसाइकल पार्किङको विषयलाई लिएर झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान वीरगन्ज महानगरपालिका–१३ मा मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको विवाद पछिको झडपमा परेर स्थानीय केपीचन्द राउतको मृत्यु भएको हो
झडपमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी पर्साका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । उनले भने, ‘मृतकले आफ्नो घर अगाडि मोटरसाइकल पार्किङ नगर भनेका थिए, त्यही विषयमा विवाद भयो । जुन विवादपछि भएको धकेलाधकेलमा परी गम्भीर घाइते भएका राउतको उपचारको क्रममा मृत्यु भएको हो ।’
प्रहरीका अनुसार उनको घर अगाडि वीरगन्ज महानगरपालिका– २३ प्रसौनी निवासी अर्जुन यादवले जबरजस्ती मोटरसाइकल पार्किङ गर्न खोजेका थिए । राउतको मृत्यु प्रकरणमा संलग्न अर्जुन यादवलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सो घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण