भिभोको ‘विश्वकप उत्सव’ : स्मार्टफोन खरिद गर्दा नेपाली जर्सी सित्तैमा
काठमाडौँ । भिभोले नेपाली क्रिकेट फ्यानहरूको उत्साहलाई लक्षित गर्दै विशेष उपभोक्ता अफर सार्वजनिक गरेको छ। क्रिकेट र प्रविधिलाई जोड्ने उद्देश्यले ल्याइएको यस योजना अन्तर्गत ग्राहकले भिभोका निश्चित स्मार्टफोन खरिद गर्दा नेपाली राष्ट्रिय टोलीको जर्सी उपहार स्वरुप प्राप्त गर्नेछन्।
आगामी माघ २७ गतेसम्म लागू हुने यो योजनामा भिभोको आधिकारिक अनलाइन पार्टनर ’दराज’ मार्फत ३५ हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरिद गर्नुपर्नेछ। यो अफर विशेषगरी भिभो वाई ४००, भिभो भि६० लाइट, भिभो भि६०, भिभो एक्स २०० प्रो र भिभो एक्स ३०० प्रो जस्ता मोडेलहरूमा उपलब्ध गराइएको छ। भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले नेपालीहरूको क्रिकेटप्रतिको साझा भावनालाई सम्मान गर्न यो अभियान सुरु गरिएको बताएका छन्।
स्मार्टफोन खरिदमा दिइने उपहारका अतिरिक्त भिभोले विभिन्न डिजिटल र अन–ग्राउन्ड गतिविधिहरू पनि सञ्चालन गर्ने तयारी गरेको छ। जसमा सहभागी भएर फ्यानहरूले अन्तरक्रियात्मक खेलहरू मार्फत निःशुल्क जर्सी र अन्य आकर्षक पुरस्कारहरू जित्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण