बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानमा शक्तिशाली बम विस्फोट : विश्वभरका नेताहरूले गरे निन्दा

शनिबार, २४ माघ २०८२, १२ : ००
शनिबार, २४ माघ २०८२

सारांश

  • पाकिस्तानको इस्लामवादमा रहेको शिया इमामबारगाहमा भएको बम विस्फोटको विश्वभरका नेताहरूले निन्दा गरेका छन्।
  • विस्फोटमा ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने १७० भन्दा बढी घाइते भएका थिए।
  • संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी लगायतका नेताहरूले घटनाको निन्दा गरेका हुन्।

इस्लामवाद । पाकिस्तानको इस्लामवादको शिया इमामबारगाहमा शुक्रबार भएको बम विस्फोट घटनाको विश्वभरका नेताहरूले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लगायत विश्वभरका नेताहरूले सो घटनाको निन्दा गरेका हुन् ।

सो विस्फोटमा ३१ जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी घाइते भएका थिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ट्विटरमा लेख्दै भनेका छन्, ‘म पाकिस्तानको इस्लामवादमा रहेको मस्जिदमा पूजा गर्नेहरूमाथि भएको आक्रमणको निन्दा गर्दछु। नागरिक र पूजास्थलहरूमा भएका आक्रमणहरू अस्वीकार्य छन्। सो घटनाका दोषीहरूलाई पहिचान गरी तुरुन्त न्यायको कठघरामा ल्याउनुपर्छ।’

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि सो घटनाको निन्दा गरेका छन् । उनले भनेका छन्, ‘पाकिस्तानको इस्लामवाद नजिकैको मस्जिदमा भएको बम विस्फोटको घटनाबारे थाहा पाउँदा अत्यन्तै  दुःखी छु, सो घटनामा कम्तीमा ३१ जनाको मृत्यु भएको छ र १५० भन्दा बढी घाइते भएका छन्।’ उनले पाकिस्तानका जनता, पीडित, घाइते र उनीहरूका प्रियजनहरूलाई क्यानडाको तर्फबाट समवेदना समेत प्रकट गरेका छन् ।

त्यस्तै,बेलायती विदेश मन्त्री यभेट कूपरले ट्विटरमा पोस्ट गरेका छन्, ‘म पीडितहरू, उनीहरूका परिवारहरू र प्रभावित सबैको पक्षमा छु। बेलायत आतङ्कवाद विरुद्धको लडाइँमा र यस्तो अर्थहीन हिंसाबाट प्रभावित सबै समुदायहरूको समर्थनमा पाकिस्तानको साथमा उभिएको छ।’

त्यस्तै,अजरबैजानी विदेश मन्त्रालयले भनेको छ, ‘हामी हिंसा र आतङ्कवादको यो जघन्य कार्यको कडा निन्दा गर्छौं । अजरबैजान पाकिस्तानको साथमा उभिएको छ र शान्ति, स्थिरता र सबै प्रकारका आतङ्कवाद विरुद्धको लडाईंको लागि आफ्नो दृढ समर्थन गर्दछ।’

जर्मन विदेशमन्त्री जोहान वाडेफुलले  पनि सो घटनाबारे दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इस्लामवादको मस्जिदमा भएको भयानक आत्मघाती बम विस्फोटको खबर सुनेर दुःखी छु। पीडितहरू र उनीहरूका परिवारहरूलाई मेरो समवेदना छ। यो कठिन समयमा जर्मनी पाकिस्तानको साथमा छ।’

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो घटनाको निन्दा गरेको छ । मन्त्रालयले भनेको छ, ‘इस्लामवादको मस्जिदमा भएको बम विस्फोट निन्दनीय छ र भारत यो दुःखद घडीमा मृतकहरूप्रति शोक व्यक्त गर्दछ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप