मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
शनिबार, २४ माघ २०८२, २३ : २५
सारांश
- सङ्खुवासभाको सिलिचोङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भयो।
- दुर्घटनामा ५६ वर्षीय प्रेमकुमार राईको घटनास्थलमै मृत्यु भएको हो।
- मोटरसाइकल आकाश राईले चलाएका थिए, जसले गर्दा दुर्घटना भयो।
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–२ लोक्छोङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार सिलिचोङ–२ को भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा सिलिचोङ– २ बेतेनी घर भई भोजपुरको साल्पा सिलिछो–१ काम्लेटारका ५६ वर्षीय प्रेमकुमार राईको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार अपराह्न ३ः०० बजे सिलिचोङ–२ बेतेनीबाट बालातर्फ जाँदै गरेको बाप–०२–०४६ प २४६७ नम्बरको साल्पा सिलिछो–१ काम्लेटारका २२ वर्षीय आकाश राईले चलाएको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटसाइकल दुर्घटना हुँदा मोटरसाइकलका पछाडि सवार राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण