बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा छ वर्षको जेल सजाय

आइतबार, २५ माघ २०८२, २२ : ४२
आइतबार, २५ माघ २०८२

सारांश

  • इरानको अदालतले नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई ६ वर्षको जेल सजाय सुनायो।
  • मोहम्मदीलाई सरकार विरोधी प्रदर्शन र प्रचारमा संलग्न भएको आरोप लागेको छ।
  • उनलाई स्वास्थ्य समस्याको कारण जमानतमा रिहा गर्न सकिने आशा गरिएको छ।

काठमाडौँ । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ ।

वकिल मुस्तफा निलीले भने, “सरकार विरोधी प्रदर्शनमै भेला गर्ने र अपराध गर्ने अभियानमा सहभागी भएको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको छ ।

मोहम्मदीलाई प्रचार गतिविधिको लागि डेढ वर्षको थप जेल सजाय पनि सुनाइएको छ र उनलाई दुई वर्षको लागि दक्षिण खोरासानको पूर्वी प्रान्तको खोस्फ शहरमा जानबाट प्रतिबन्ध लगाइएको छ, उनको वकिलले भने।

इरानी कानुनअनुसार जेल सजाय र यो प्रतिबन्ध सँगै लागु हुनेछन् । निलीले मोहम्मदीको स्वास्थ्य समस्याका कारण उनलाई अस्थायी रूपमा ‘उपचार प्राप्त गर्न जमानतमा रिहाइ’ गर्न सकिने आशा व्यक्त गरे ।

उनले जारी गरिएको फैसला अन्तिम नभएको र पुनरावेदन गर्न सकिने बताए ।

विगत २५ बर्षमा ५३ वर्षीया मोहम्मदीलाई इरानको मृत्युदण्डको प्रयोग र महिलाहरूको लागि अनिवार्य ड्रेस कोडको विरुद्ध मुखर अभियान चलाएको आरोपमा बारम्बार मुद्दा चलाइएको छ र पटक–पटक जेल चलान गरिएको छ ।

मोहम्मदीले पछिल्लो दशकको अधिकांश समय जेलमा बिताउनुभएको छ। उनले सन् २०१५ देखि पेरिसमा बस्ने आफ्ना जुम्ल्याहा बच्चाहरूलाई भेट्न पनि पाएका छैनन् । उनका वकिलका अनुसार डिसेम्बर २०२४ मा उनलाई ‘हाडको उपचार’ पछि उनको शारीरिक अवस्था सम्बन्धी चिकित्सा आधारमा तीन हप्ताको लागि रिहा गरिएको थियो ।

नोबेल पुरस्कार विजेता मोहम्मदी जेलभित्र पनि चुप लागेका छैनन् । महिला अधिकारका लागि र सरकारका गलत रबैयाविरूद्ध जेल परिसरमा पनि विरोध प्रदर्शन गरिरहेका छन् । र पटकपटक भोक हड्ताल गरेका छन् ।

मोहम्मदीले मुख्यतया इरानमा मृत्युदण्डको विरुद्ध उनको अभियानको लागि सन् २०२३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए तर उनी त्यस समयमा जेलमा रहेका कारण उनका छोराछोरीले उनको तर्फबाट पुरस्कार लिएका थिए ।

एम्नेस्टी इन्टरनेसनल लगायतका मानवअधिकार समूहहरूले चीनबाहेक अन्य कुनै पनि देशको तुलनामा इरानले हरेक वर्ष धेरै मृत्युदण्ड दिने गरेको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप