प्रहरीमाथि कुटपिट र लुटपाटको जाहेरी दर्ता गर्न नमानेको आरोप
सारांश
- रौतहटको गरुडामा डीएसपी आचार्यमाथि कुटपिट तथा लुटपाटको जाहेरी दर्ता गर्न अस्वीकार गरेको आरोप लागेको छ।
- पम्प सञ्चालक र वडा अध्यक्षका छोराहरूबीच पेट्रोलको पैसाको विषयमा विवाद हुँदा कुटपिट भएको थियो, र ६५ हजार रुपैयाँ लुटिएको आरोप छ।
- डीएसपी आचार्यले भने आरोप अस्वीकार गर्दै सीसीटीभी फुटेजको अध्ययन भइरहेको बताएका छन्, र जाहेरी नआएकोले मुद्दा दर्ता नभएको दाबी गरेका छन्।
रौतहट । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यमाथि कुटपिट तथा लुटपाटको जाहेरी दर्ता गर्न अस्वीकार गरेको आरोप लागेको छ। गत माघ १५ गते राति गरुडा–६ शिवनगरस्थित आदर्श आयल स्टोरमा भएको घटनालाई लिएर पीडित पक्षले आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाएका हुन्।
पम्प सञ्चालक राकेश चौधरीका अनुसार पेट्रोल भरेको पैसाको विषयलाई लिएर एक समूहले पम्पमा आक्रमण गरेको थियो। आक्रमणबाट गरुडा–६ का वडा अध्यक्ष रामबाबु चौधरीका छोराहरू रञ्जित र रोहित चौधरी घाइते भएका छन्।
घाइते रञ्जितको नाकमा गम्भीर चोट लागेकाले काठमाडौंमा शल्यक्रियाको तयारी भइरहेको परिवारले जनाएको छ। घटनाका क्रममा ६५ हजार रुपैयाँ समेत लुटिएको दाबी पीडित पक्षको छ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष चौधरीले नामै किटान गरेर डाँका तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न खोज्दा डीएसपी आचार्यले ‘अभद्र व्यवहार’ को जाहेरी मात्र ल्याउन भन्दै फर्काएको आरोप लगाए। उनले प्रहरी चौकीबाट मात्र ३० मिटरको दुरीमा घटना हुँदा पनि सुरक्षा नदिएको र अहिले अपराधी जोगाउन खोजेको दाबी गरे।
यता, डीएसपी आचार्यले भने आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका छन्। उनले सीसीटीभी फुटेजको अध्ययन भइरहेको र घटनामा लुटपाट वा ज्यान मार्ने उद्देश्य स्पष्ट नदेखिएको प्रतिक्रिया दिएका छन्। उनले जाहेरी नै नआएकाले मुद्दा दर्ता नभएको दाबी गर्दै आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण