सामाजिक सञ्जालमा स्टन्ट गरेर नयाँ हुँदैन : प्रचण्ड
सारांश
- प्रचण्डले विश्व साम्राज्यवादले लोकप्रियतावादमार्फत लोकतन्त्रमाथि प्रहार गर्न खोजेको आरोप लगाए।
- उनले सामाजिक सञ्जालमा स्टन्ट गरेर केही नहुने र नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताए।
- प्रचण्डले नेकपाले गणतन्त्र, संघीयता र सामाजिक न्यायको नेतृत्व गरेको दाबी गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकप्रियतावादमार्फत विश्व साम्राज्यवादले नेपालको लोकतन्त्रविरुद्ध प्रहार गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
सोमबार काठमाडौँ–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले त्यसको प्रतिवाद गर्न नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। उनले नयाँको नाममा सामाजिक सञ्जालमा स्टन्ट गरेर केही नहुने स्पष्ट पारे।
“सोसियल मिडियामा फन्डा गरे पनि उनीहरूसँग कुनै योजना र एजेन्डा छैन। विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिजम प्रस्तुत गर्दै लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गरेको छ। नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना दोहोर्याउने र लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको छ,” उनले भने, “त्यसको प्रतिवाद गर्न पनि नयाँ संकल्प र नयाँ समीक्षासहित राष्ट्र र जनताको निम्ति तागत चाहिएको छ। त्यही तागतका लागि नेपाली कम्युनिस्ट पार्टी बनाएको हो।”
प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीसँग नै नयाँ विचार र एजेन्डा रहेको दोहोर्याए। गणतन्त्र, संघीयता र सामाजिक न्यायजस्ता विचार अहिले पनि नयाँ रहेको र त्यसको नेतृत्व नेकपाले नै गरेको उनले जिकिर गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण