‘द ब्ल्यू लाइट’को आम्दानी ३ लाख मात्र
सोमबार, २६ माघ २०८२, १३ : ३८
सारांश
- फिल्म 'द ब्ल्यू लाइट'ले पहिलो सातामा ३ लाखको मात्र व्यवसाय गर्यो।
- चलचित्र विकास बोर्डको रिपोर्ट अनुसार, फिल्मको शनिबारसम्मको आम्दानी ३ लाख १९ हजार ५९५ ग्रस कलेक्सन थियो।
- बलिराम चौहानको निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, र आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय छ।
काठमाडौँ । फिल्म ‘द ब्ल्यू लाइट’ले पहिलो साता ३ लाखको मात्र व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोटमा फिल्मको शनिबारसम्मको आम्दानी ३ लाख १९ हजार ५९५ ग्रस कलेक्सन रहेको हो । यो अवधिमा फिल्मको टिकट ८३२ वटा मात्र बिक्री भएको छ ।
बलिराम चौहानको निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी लगायतको अभिनय छ । चलचित्रमा बालकलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको चलचित्रको–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण