बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष यादवको निधनप्रति दुःख व्यक्त

मङ्गलबार, २७ माघ २०८२, २२ : ३८
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसले मधेस प्रदेशका कोषाध्यक्ष प्रदीपकुमार यादवको निधनप्रति दुःख व्यक्त गर्यो।
  • पार्टीले यादवले लोकतान्त्रिक आन्दोलन र पार्टी निर्माणमा पुर्‍याएको योगदानको स्मरण गर्यो।
  • कांग्रेस सभापति गगनकुमार थापाले समवेदना प्रकट गर्दै यादवको आत्माको शान्तिको कामना गरे।

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका मधेस प्रदेश कार्यसमिति कोषाध्यक्ष एवं हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद ढकालले मंगलबार शोक विज्ञप्ति जारी गरी स्व यादवले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको बताए । यादवको निधनबाट नेपाली कांग्रेसले एक होनहार नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

यादवको निधनप्रति कांग्रेस सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गरेकाे विज्ञप्तिमा उल्लेख छ । “पार्टीका नेता यादवको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ, स्व यादवले पार्टी सङ्गठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, विज्ञप्तिमा भनिएको छ ।

सभापति थापाले स्व यादवको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

मधेस प्रदेशका नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका यादवको उपचारका क्रममा गए राति नर्भिक अस्पतालमा निधन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप