१२ बजे १२ समाचार: सांसद बन्ने लालसादेखि राष्ट्रियसभा अधिवेशन अन्त्यसम्म
सारांश
- राष्ट्रिय सभाको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ।
- काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ, जसले जनस्वास्थ्यमा खतरा बढाएको छ।
- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादीहरूले सक्रियता बढाएका छन्, उनी काठमाडौं फर्किने तयारीमा छन्।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–
१. अधिवेशन अन्त्य
भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।
२. वायु प्रदूषण
काठमाडौँ उपत्यकाको आकाश विगत केही दिनदेखि बाक्लो र धमिलो तुवाँलोले ढाकिएको छ । हिउँदको सुरुवातसँगै बढ्ने यो समस्या अहिले सामान्य मौसमी प्रक्रियाजस्तो देखिए पनि प्रत्येक वर्ष जनस्वास्थ्य सङ्कटको रूप धारण गर्न थालेको छ ।
३. राजावादीको सक्रियता
प्रतिनिधिसभा निर्वाचन आउन तीन सातामात्र बाँकी हुँदा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका नाममा राजावादीहरूले एकाएक सक्रियता बढाएका छन् । हाल झापामा रहेका पूर्वराजा शाह शुक्रबार काठमाडौँ फर्किने तय भएसँगै राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ुभव्यु स्वागतको तयारी गरेका हुन् ।
४. सर्वोच्चमा हमाल
सुदूरपश्चिम प्रदेश सरकारले तर्जुमा गरेको ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ ले स्थानीय तहको संवैधानिक अधिकार मिचेको भन्दै धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपाल हमाल सर्वोच्च पुगेका छन्।
मेयर हमालले दायर गरेको रिटलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले अग्राधिकारमा राखेर सुनुवाइ गर्ने भएको छ ।
५. शिवरात्रिको तयारी
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । कोषले बिहीबार पत्रकार सम्मेलन गर्दै व्यवस्थापन र तयारीबारे यस्तो जानकारी दिएको हो ।
कोषका अनुसार शिवरात्रिका दिन ट्राफिक व्यवस्थापन, दर्शनार्थीका लागि चार वटा लाइनबाट दर्शन गर्ने तथा सुरक्षा लगायतको व्यवस्था मिलाइएको छ । फागुन २ गते महाशिवरात्रि पर्व परेको छ ।
६. सांसद बन्ने लालसा
राजनीति गर्नेका लागि प्रतिनिधिसभा निर्वाचन जितेर सांसद हुँदै मन्त्री बन्ने आकांक्षा हुन्छ । त्यसलाई पूरा गर्न केहीले आफू आबद्ध दलमा रहेर प्रयास गर्छन् भने केहीले दल फेरेर भए पनि संसद्मा पुग्ने प्रयास गरिरहन्छन् ।
दल फेरेर सांसद, मन्त्री वा प्रधानमन्त्री बन्ने वातावरण निर्माण गर्न लागिपर्नेमा शीर्ष तहका नेतासम्म छन् । आठौं पटक निर्वाचन लडिरहेका विजयकुमार गच्छदार, राजेन्द्र महतो तथा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालदेखि सबैभन्दा धेरै पटक मन्त्री बन्ने शरतसिंह भण्डारीसम्म छन् ।
७. कांग्रेसको परिपत्र
नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम सुरु गर्ने भएको छ ।
यो अभियान फागुन १ गते बाट सुरु हुनेछ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने गरी गरेको निर्णय बिहीबार परिपत्र गरेको छ ।
८. विश्वकप
९. ब्याजदर
आठवटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । फागुन महिनाका लागि बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार ती बैंकहरूको ब्याजदर समायोजन गरेका हुन् ।
१०. सेयर बजार
साताको कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ८.९७ अङ्कले बढेर २६७१.०७ विन्दुमा पुगेर बन्द भएको छ ।
११. अदालत
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको इजलासमा सुनुवाइका लागि तोकिएको पेसी रायमाझी तर्फका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले तारिख बुझ्न आफू विभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफूमाथि न्याय गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सर्वोच्च अदालतमा अवहेलनाको तारेख बुझेर चुनावी अभियानमा फर्किएका छन् ।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार रहेका बालेन बिहीबार दिउँसो तारेख बुझेर फर्किएको मुद्दा फाँटका एक कर्मचारीले बताए ।
१२. चकलेटी र गम्भीर भूमिकामा देखिए, अब एक्सन फिल्म गर्न चाहन्छन् नरेन
अभिनेता नरेन खड्कालाई यतिबेला उत्साहसँगै भय छ । कारण हो– डेढ वर्षपछि उनको नयाँ फिल्म रिलिज हुँदैछ ‘बिगुल’ । शुक्रबारदेखि प्रदर्शनमा आउने यो फिल्मलाई उनले आफ्नो अभिनय यात्राको परिपक्व मोड मानेका छन्, त्यसैले उत्साहित छन् । साथै दर्शकले फिल्मलाई कसरी लेलान् भन्ने एक किसिमको डर पनि मनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण